Below Menu
Below Menu

बैंक तथा वित्तीय संस्थाले २४ सै घण्टा हेल्प डेस्क सञ्चालन गर्नुपर्ने

बैंक तथा वित्तीय संस्थाले २४ सै घण्टा हेल्प डेस्क सञ्चालन गर्नुपर्ने

काठमाडौं : अब बैंक तथा वित्तीय संस्थाले २४ सै घण्टा हेल्प डेस्क सञ्चालन गर्नुपर्ने भएको छ । राष्ट्र बैंकले कार्ड सम्बन्धी समस्याको लागि तत्काल सहयोग गर्न २४ सै घण्टा हेल्प डेस्क सञ्चालन गर्नुपर्ने व्यवस्था गरेको हो ।

त्यसैगरी विद्युतीय भुक्तानी सेवा प्रयोग गर्दा आउन सक्ने कठिनाइका सम्बन्धमा सेवा ग्राहीको गुनासो सुनुवाई गर्न सेवा प्रदायकले कम्तिमा १६ घण्टा (बिहान ६ बजेदेखि बेलुका १० बजेसम्म) हेल्प डेस्क सञ्चालन गर्नुपर्ने व्यवस्था गरेको छ ।
त्यसैगरी प्रत्येक संस्थाले गुनासो सुन्ने अधिकारीको नाम, पद, सम्पर्क नम्बर र इमेल ठेगाना संस्थाको वेबसाइटमा राख्नुपर्ने व्यवस्था गरेको छ ।

विद्युतीय माध्यमको प्रयोगलाई भरपर्दो बनाउनु यस्तो व्यवस्था गरेको हो । राष्ट्र बैंकले क्यूआर कोड, मोबाइल वालेट, मोबाइल बैंकिङ, इन्टरनेट बैंकिङ, विभिन्न प्रकारका कार्ड जस्ता विद्युतीय माध्यमको प्रयोग गरी नगदरहित कारोबारमा बानी बसाल्न समेत आग्रह गरेको छ ।

Advertisment

थप समाचार