Below Menu
Below Menu

१२.६२ अंकले सेयर बजार घट्दा कारोबार रकम बढ्यो

१२.६२ अंकले सेयर बजार घट्दा कारोबार रकम बढ्यो

काठमाडौं : सेयर बजार बिहीबार दोहोरो अंकले ओरालो लागेको छ। आज बजार १२.६२ अंकले घटेर परिसूचक २०८४.९५ को बिन्दुमा झरेको हो।

राम्रा र बलिया कम्पनीको सूचक सेन्सेटिभ इन्डेक्स पनि ०.९० अंकले घटेर ३९१.२५ को विन्दुमा ओर्लेको छ। आज नेप्सेमा कारोबार भएका २९६ कम्पनीको ९३ लाख ८२ हजार कित्ता सेयर किनबेच हुदाँ कारोबार रकम तीन अर्ब ३९ करोड ६ लाख ६० हजार रुपैयाँ बढीको भएको छ।

बजारमा गिरावट आउँदा बैंकिङ समूहमा ३.७८, होटेल तथा पर्यटन समूहमा १०.३९ अंकले बढेको छ भने बाकी सबै कम्पिनीमा गिरावट आएको छ । विकास बैंक समूहमा ६३.२९, वित्त समूहमा ३९.२९, जलविद्युत समूहमा ४५.५९, जीवन बीमा समूह सर्वाधिक १३५.३५, निर्जीवन बीमा समूह ११३.०३, उत्पादन तथा प्रशोधन समूहमा ३६.७१ प्रतिशत, अन्य समूहमा १२.९४ र ट्रेड्रिङ समूहको ४४.८२ अंकले गिरावट आएको छ ।

कारोबारमा आज शिवम सिमेन्टको सर्वाधिक २३ करोड ७५ लाख ९३ हजार रुपैयाँभन्दा बढीको कारोबार भएको छ। नेप्सेका अनुसार आज तीन कम्पनीको सेयर सकारात्मक सर्किट लेबलमा कारोबार भएको छ । जसमा एनएमबी डिभेञ्चर, एसबिएल डिभेञ्चर र एनआइबिएल समृद्धि फण्ड २ रहेका छन् । साथै, आज सबैभन्दा बढी पिपुल्स हाइड्रोपावर कम्पनी लिमिटेडका लगानीकर्ताले सर्वाधिक गुमाएका छन् ।

Advertisment

थप समाचार