Below Menu

पुस २ र ३ गते साकोस शिखर गोष्ठी हुँदै, सहभागिता दर्ता खुला

पुस २ र ३ गते साकोस शिखर गोष्ठी हुँदै, सहभागिता दर्ता खुला

काठमाडौं : नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ (नेफ्स्कून) को आयोजनामा आगामी पुस २ र ३ गते भक्तपुरमा हुने ‘साकोस शिखर गोष्ठी–२०८३’ का लागि सहभागिता दर्ता खुला गरिएको छ।

Sponsored Advertisement

एशियाली ऋण महासंघ (ACCU) को प्राविधिक सहयोगमा आयोजना हुने गोष्ठीको मुख्य थिम ‘सहकारी अभियानको रूपान्तरण, सुशासन सुदृढीकरण र विश्वास अभिवृद्धि’ रहेको छ।

गोष्ठीमा सहभागी हुन नेफ्स्कूनका सदस्य संस्थाका प्रतिनिधिले प्रतिव्यक्ति ८ हजार रुपैयाँ र गैरसदस्य संस्थाका प्रतिनिधिले प्रतिव्यक्ति १० हजार रुपैयाँ शुल्क तिर्नुपर्नेछ। दुवै शुल्कमा मूल्य अभिवृद्धि कर (भ्याट) समावेश गरिएको छ।

गोष्ठीमा सहभागी हुन इच्छुक बचत तथा ऋण सहकारी संघ–संस्थाका प्रतिनिधिहरूले नेफ्स्कूनको व्यवस्थापन सूचना प्रणाली (MIS) मार्फत अनलाइन आवेदन दिन सक्नेछन्।

दर्ता लिंक 

https://mis.nefscun.org.np:8443/.../regi.../saccossummit2083

थप समाचार