एक वर्षमै भित्रियो १७ अर्ब बढी लगानी
काठमाडौं : पछिल्लो समय पर्यटन क्षेत्रका लागि लगानी बढ्दै गएको देखिन्छ । पर्यटन क्षेत्रका होटल तथा रेष्टुरेन्ट लगायत साहसिक खेलतर्फका उद्योगमा लगानीकर्ताको आकर्षण बढ्दै गएको पाइएको हो । उद्योग विभागका तथ्यांक हेर्ने हो भने पर्यटन क्षेत्रमा साना, मझौला तथा ठूला होटल तथा रेष्टुरेन्टहरुमा लगानी थपिदै गएको पाइएको हो ।
विभागका अनुसार पाँच वर्षको अवधिमा होटल क्षेत्रका लागि ६४ अर्ब रुपैयाँ भन्दा बढीको लगानी प्रतिवद्धता आएको छ । आर्थिक वर्ष २०७५/७६ देखि आव २०७९/८० को अवधिमा होटल क्षेत्र ३३१ उद्योगका लागि ६४ अर्ब ७४ करोड ५० लाख रुपैयाँ बराबरको लगानी प्रतिवद्धता आएको विभागको तथ्यांकमा उल्लेख छ ।
यस अवधिमा सबैभन्दा बढी लगानी आव २०७६/७७ मा आएको देखिन्छ । उक्त वर्ष ८३ वटा उद्योगका लागि १८ अर्ब ६७ करोड ७९ लाख २५ हजार रुपैयाँ लगानी प्रतिवद्धता आएको हो । त्यस्तै, यसबीच सबैभन्दा कम लगानी आव २०७८/७९ मा आएको छ । यस अवधिमा होटल क्षेत्रका ४५ उद्योगका लागि ८ अर्ब ५५ करोड ७२ लाख ६७ हजार रुपैयाँ बराबरको लगानी प्रतिवद्धता आएको विभागले जनाएको छ ।
कुन अवधिमा कति आयो प्रतिवद्धता ?

एक वर्षमै भित्रियो १७ अर्ब बढी लगानी
विभागका अनुसार आव २०७९/८० साउन देखि असार मसान्तसम्म साहसिक बाहेक होटल तथा रेष्टुरेन्टका लागि मात्र १७ अर्ब ५४ करोड ९१ लाख ९६ हजार रुपैयाँ बराबरको लगानी प्रतिवद्धता आएको छ । साना, मझौता तथा ठुला गरी ५५ उद्योगका लागि सो बराबरको लगानी आएको हो । यस अवधिमा दर्ता भएका उद्योगमा ३ हजार २८१ जनालाई रोजगारीको प्रतिवद्धता भएको विभागले जनाएको छ । यस अवधिमा दर्ता भएका होटलहरुमा १० वटा क्यासिनोहरु सञ्चालन हुने भएका छन् । जसका लागि २ अर्ब ९ करोड बढीको लगानी प्रतिवद्धता आएको विभागले जनाएको छ ।
यस अवधिमा दर्ता भएका होटलहरुमा काठमाडौंको किर्तिपूर नगरपालिका वडा नम्बर ६ मा जेबी एडभेन्चर प्रा.लि. दर्ता भएको छ । साहसिक पर्यटनसहितको होटलका लागि ३ अर्ब रुपैयाँ लगानी प्रतिवद्धता आएको विभागले जनाएको छ । दर्ता भएको उक्त उद्योगमा ६० सिट क्षमताको रेष्टुरेन्ट बन्नेछ भने वार्षिक रुपमा ४ लाख २० हजार भन्दा बढीलाई एडभेन्चर सेवा दिईने जनाइएको छ ।
उक्त होटलमा ५० हजारलाई बञ्जी जम्पिङ, ७० हजारलाई जिपलाइन, ७ हजारलाई स्वीइङ, ७० हजारलाई स्काईवाक/ग्लास ब्रिज, ७० हजारलाई स्काई साइकलिङ, ४० हजारलाई रक क्लाइम्बिङ र एक लाख बालबालिकाका लागि चिल्ड्रेन पार्क सेवा दिइने जनाइएको छ । स्वदेशी लगानीमा निर्माण हुन लागेको उक्त होटलमा १५० जनाले रोजगारी पाउनेछन् ।
साहसिक पर्यटन क्षेत्रका उद्योगको लगानी
यस अवधिमा काठमाडौंमा दर्ता भएको पर्यटन क्षेत्रको उद्योग पशुपति रेक्रिएशन प्रा.लि.का लागि १७ करोड रुपैयाँ लगानी प्रतिवद्धता आएको छ । पर्यटकहरुलाई मनोरञ्जनका सेवा प्रदान गर्न दर्ता भएको उक्त उद्योगमा ११५ जनालाई रोजगारीको पाउनेछन् ।
त्यसैगरी कास्कीको मादी गाउँपालिकामा केबलकार निर्माणका लागि ४ अर्ब रुपैयाँ भन्दा बढी लगानी प्रतिवद्धता आएको छ । विभागका अनुसार उक्त स्थानमा स्वदेशी लगानीमा सञ्चालन सिक्लेश अन्नपूर्ण केबलकार प्रालिका लागि ४ अर्ब ९२ करोड ५३ लाख ४७ हजार रुपैयाँ बराबरको लगानी प्रतिवद्धता आएको हो । उक्त उद्योगमा ७५ जनाले रोजगारी पाउनेछन् ।
त्यसैगरी, तनहुँको बन्दीपुर नगरपालिकामा बन्दीपुर केवलकार एण्ड टुरिजम दर्ता भएको छ । स्वदेशी लगानी मा बन्न लागेको उक्त केबलकारका लागि ८६ करोड ४० लाख रुपैयाँ लगानी आएको छ । उक्त केबलकारमा १७२ जनाले रोवजगारी पाउने जनाइएको छ ।
अधिकांश लगानी काठमाडौं केन्द्रीत
विभागका अनुसार यस अवधिमा दर्ता भएका होटलहरु अधिकांश काठमाडौं केन्द्रीत रहेका छन् । काठमाडौंमा मात्र ३२ वटा होटल तथा रेष्टुरेन्टका लागि ८ अर्ब ५७ करोड ७६ लाख ८० हजार रुपैयाँ लगानी प्रतिवद्धता आएको हो । जसमा एक हजार ५८४ जनाले रोजगारी पाउनेछन् ।
दर्ता भएका अन्य होटलको विवरण

Advertisment