Below Menu
Below Menu

अर्थतन्त्रमा देखिएका समस्यालाई हल गर्दै जाने बाटोमा अगाडि बढेका छौंः अर्थमन्त्री 

अर्थतन्त्रमा देखिएका समस्यालाई हल गर्दै जाने बाटोमा अगाडि बढेका छौंः अर्थमन्त्री 

भैरहवा । अर्थमन्त्री डा. प्रकाश शरण महतले अर्थतन्त्रमा देखिएका विसंगति चिर्दै जाने र समस्यालाई हल गर्दै जाने बाटोमा अगाडि बढेको बताएका छन् ।  चालू नेपाली कांग्रेस केन्द्रीय समितिको बैठकमा बोल्दै उनले यस्तो बताएका हु्न् ।  ‘वित्तीय र मौद्रिक नीतिको एउटै लक्ष्य आर्थिक वृद्धि सुनिश्चित गर्ने, मूल्यलाई एउटा तहमा राख्ने, मूल्यवृद्धि समग्रमा घटेको छ, मन्त्री डा महतले भने, ‘विसंगति चिर्दै जाने र समस्यालाई हल गर्दै जाने बाटोमा हामी अगाडि बढेका छौं ।’

यसका साथै मौद्रिक नीतिले लगानीको वातावरण सिर्जना भएको उनले बताए । अर्थमन्त्री महतले भने, ‘मौद्रिक नीति सार्वजनिक भएको छ । ब्याजदरमा केही खुकुलोपन प्रस्ताव भएको छ । सुधारका केही पहल भएको छन्, त्यसले निजी क्षेत्रमा जाने लगानी सहज हुनेछ’, उनले थपे, ‘ब्याजदर कम भएर जान्छ, त्यसले लगानीको वातावरण सहज बन्नेछ ।’

चालू नेपाली कांग्रेस केन्द्रीय समितिको बैठकमासदस्यले बोल्ने क्रम आज सकिने र भोलिसम्म प्रस्ताव पारित गरिने अर्थमन्त्री तथा पार्टी प्रवक्ता डा. महतले बताएका छन् ।  प्रेस युनियन रुपन्देहीले सोमबार बिहान आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै डा महतले भने, ‘केन्द्रीय कमिटीको बैठकलाई यसपटक कांग्रेसले जनतासँग जोड्ने नयाँ प्रयोग गरेको छ ।’

प्रत्यक्ष प्रशारणको धेरै सकारात्मक प्रतिक्रिया आइरहेको मन्त्री डा। महतले बताए । नेपाली कांग्रेसभित्र के भइरहेको छ भनेर भ्रम र अन्योल सिर्जना गर्ने प्रयास हुन्थ्यो, तर प्रत्यक्ष प्रशारणसहितको बैठकले नेपाली कांग्रेसभित्रको यथार्थ स्थिति के भन्ने कुरा स्पष्ट भएको मन्त्री डा. महतले बताए । 

केन्द्रीय समितिमा एकदमै सिर्जनात्मक छलफल भएको छ । व्यक्ति होइन, पार्टीलाई केन्द्रविन्दूमा राखेर अगाडि बढ्न सकिन्छ । र देशको समसामयिक मुद्दालाई सम्बोधन गर्दै समयानुकूल गतिशील कसरी बनाउने र पार्टीभित्र कसरी अनुशासन कायम राख्दै बैठकले जे निष्कर्ष निकाल्छ त्यसलाई सबैले अपनत्व ग्रहण गरेर अगाडि बढ्ने बैठकमा छलफल भएको मन्त्री डा। महतले बताए । 

छलफलमा चाँडै नीति अधिवेशन गर्ने प्रस्ताव छ, । विभिन्न राष्ट्रिय मुद्दामा आफ्नो दृष्टिकोण आउँछ । पार्टीका हरेक निकाय क्रियाशील गराउनका लागि कार्यक्रम तालिका पनि प्रस्ताव गरिएको छ । यी सबै प्रस्ताव पारित हुने मन्त्री डा. महतले बताए । उनले भने, ‘गठबन्धन सरकारमा सुशासन केन्द्रविन्दू राख्नुपर्ने पार्टीको मान्यता छ, यही मान्यतासँग उच्च मनोबलका साथ जनता र देशलाई केन्द्रविन्दूमा राख्नुपर्ने सर्भिस दिनुपर्छ ।’

देखिएको समस्या सम्बोधन गर्दै देशलाई आर्थिक सम्वृद्धि र विकासको बाटोमा हिडाउनुपर्ने मूल उद्देश्यका साथ काम गरिरहेको मन्त्री डा. महतले बताए । तत्काल बजेट पुगेन, यता भएन, उता भएन जस्तो देखिन्छ, तर दीर्घकालमा परिणाम आउने गरी काम गरिरहेको मन्त्री डा. महतको भनाइ थियो ।

आवश्यक भएको सुधारका कार्यक्रम अगाडि बढाउने, अर्थतन्त्र चलायमान बनाएर राजस्वको आधार विस्तार गर्ने र राज्यको लगानी गर्ने क्षमता वृद्धि गर्नेतिर नै उन्मुख रहेको मन्त्री डा. महतको भनाइ छ । यसपटक श्रोतको कमीले धेरै विनियोजन प्रस्ताव गर्न नसकिएको यद्यपि आउँदा दिनमा त्यसको बाटो खोजी भइरहेको मन्त्री डा. महतले बताए । 

Advertisment

थप समाचार