काठमाडौं । सोमबार सेयर बजार दोहोरो अंकले घटेको छ । कारोबारको दोस्रो दिन नेपाल स्टक एक्सचेञ्ज नेप्से परिसूचक २६.६६ अंकले घटेर २२००.५० बिन्दुमा पुगेको हो ।
आज कारोबारमा आएका ५० कम्पनीको सेयरमूल्य बढेको छ । भने १६३ कम्पनीको शेयरमूल्य घटेको छ । त्यस्तै ६ कम्पनीको सेयरमूल्य स्थिर रहेको छ । आज बजारमा ४ अर्ब ७३ करोड ७६ लाख रुपैयाँ बराबरको कारोबार भएको छ ।
आज नेपाल पुनर्बीमा कम्पनीको सर्वाधिक कारोबार भएको छ । यस कम्पनीको आज २५ करोड ५६ लाख रुपैयाँ बराबरको कारोबार भएको हो ।
सर्वाधिक सेयरमूल्य बढ्ने कम्पनीमा किसान लघुवित्त वित्तीय संस्था रहेको छ । यस कम्पनीको सेयरमूल्य १० प्रतिशतले बढेको छ । एनआइबीएल ग्रोथ फण्ड र लिबर्टी इनर्जीको कम्पनीको सेयरमूल्य ६ प्रतिशत भन्दा बढीले घटेको छ ।
Advertisment