एक वर्षमा १६ खर्बको आयात हुँदा एक खर्बको निर्यात, वैदेशिक व्यापार १६ प्रतिशतले घट्यो 

एक वर्षमा १६ खर्बको आयात हुँदा एक खर्बको निर्यात, वैदेशिक व्यापार १६ प्रतिशतले घट्यो 

काठमाडौं । गत आर्थिक वर्ष २०७९/८० मा १६ खर्ब भन्दा बढीको वस्ुत तथा सेवा आयात भएको छ । भन्सार विभागले सार्वजनिक गरेको तथ्यांक अनुसार अघिल्लो आर्थिक वर्षको तुलनामा १६.०८ प्रतिशतले आयात घटेको हो ।

Sponsored Advertisement

यस अवधिमा १६ खर्ब ११ अर्ब ७३ करोड ३१ लाख रुपौयँ बराबरको आयात भएको छ । अघिल्लो आवमा १९ खर्ब २० अर्ब ४४ करोड ८३ लाख रुपैयाँ बराबरको आयात भएको थियो ।

यस अवधिमा निर्यात २१.४४ प्रतिशतले घटेको छ । विभागका अनुसार गत आवमा एक खर्ब ५७ अर्ब १४ करोड ६ लाख रुपैयाँ बराबरको वस्तु तथा सेवा निर्यात भएको छ । अघिल्लो आवको सोही २ खर्ब ३ करोड ९ लाख रुपैयाँ बराबरको निर्यात भएको थियो । 

विभागका अनुसार व्यापार घाटा १५.४५ प्रतिशतले घटेको छ । अघिल्लो आवमा १७ खर्ब २० अर्ब ४१ करोड ७३ लाख रुपैयाँ बराबरको व्यापार घाटा व्यहोरेको नेपालले गत आवमा १४ खर्ब ५४ अर्ब ५९ करोड १० लाख रुपैयाँ बराबरको व्यापार घाटा व्यहोरेको विभागले जनाएकाे  छ । 

त्यस्तै, यस अवधिमा वैदेशिक व्यापार १६.५८ प्रतिशतले घटेको छ । गत आवमा नेपालले १७ खर्ब ६८ अर्ब ८७ करोड २४ लाख रुपैयाँ बराबरको वैदेशिक व्यापार गरेको छ ,। जबकी अघिल्लो आवमा २१ खर्ब २० अर्ब ४१ करोड रुपैयाँ बराबरको वैदेशिक व्यापार भएको थियो । 

थप समाचार