काठममाडौं । गत आर्थिक वर्ष २०७९/८० मा नेपालले १६ खर्ब भन्दा बढीको वस्ुत तथा सेवा आयात गरकेो छ । यस अवधिमा विभिन्न नाकाबाट १६ खर्ब ११ अर्ब ७३ करोड ३१ लाख रुपौयँ बराबरको आयात भएको भन्सार विभागले जनाएको छ ।
यस अवधिमा आयात भएका वस्तु तथा सेवामा सर्वाधिक हिस्सा वीरगञ्ज नाकाको रहेको छ । वीरगञ्ज नाकाबाट मात्र एक वर्षमा ५ खर्ब ९३ अर्ब ३९ करोड १७ लाख रुपैयाँ बराबरको सामान आयात भएको छ । जुन आयातको ३६.८२ प्रतिशत उक्त नाकाबाट आयात भएको हो ।
त्यस्तै, यस अवधिमा भैरहवा नाकाबाट २ खर्ब ४४ अर्ब ७७ करोड ४२ लाख रुपैयाँ बराबरको वस्ुत आयात भएको भन्सार विभागको तथ्यांकमा उल्लेख छ । विभागका अनुसार भैरहवा नाकाबाट १५.१९ प्रतिशत सामान आयात भएको हो । त्यस्तै, विराटनगर नाकाबाट एक खर्ब ८६ अर्ब ५२ करोड ८४ लाख र भद्रपुर नाकाबाट ३२ करोड ५ लाख १७ हजार रुपैयाँ बराबरको आयात भएको छ ।
विभागका अनुसार चोभार सुख्खा बन्दरगाहबाट ६४ करोड २३ लाख, वीरगञ्जकै सुख्खा बन्दरगाहबाट २ खर्ब २ अर्ब २८ करोड २६ लाख, गौर नाकाबाट एक अर्ब ८ करोड ६४ लाख, गौतम बुद्ध एयरपोर्टबाट २ करोड ८८ लाख रुपैयाँ, जनकपुर नाकाबाट एक अर्ब २४ करोड १४ लाख, कैलाली नाकाबाट २६ अर्ब ४६ करोड ५९ लाख र जलेश्वर नाकाबाट ८ अर्ब ३५ करोड ८६ लाख रुपैयाँ बराबरको सामान आयात भएको छ ।
त्यसैगरी, कञ्चनपुर नाकाबाट एक अर्ब ४७ करोड ३ लाख, कृष्णनगरबाट २० अर्ब ३७ करोड ९ लाख, महेशपुरबाट ४२ करोड ८८ लाख, मेची भन्सारबाट ४६ अर्ब २९ करोड २३ लाख, राजविराज नाकाबाट ९ करोड ९ लाख, रसुवाबाट ३० अर्ब १४ करोड १० लाख, र नेपालगञ्ज नाकाबाट ६७ अर्ब ७४ करोड ३७ लाख रुपैयाँ बराबरको सामान आयात भएको विभागले जनाएको छ ।
त्यसैगरी, सर्लाहीबाट २ अर्ब २२ करोड ७२ लाख, सती नाकाबाट ३१ करोड एक लाख, सिरहाबाट २६ करोड ४४ लाख, सुनसरीबाट ५ अर्ब ३३ करोड ४३ लाख, सुथौली नाकाबाट ३ अर्ब ९५ करोड ७१ लाख, तातोपानी नाकाबाट १३ अर्ब २१ करोड एक लाख, थाडी नाकाबाट ८ करोड ७ लाख, त्रिभुवन अन्तर्राष्ट्रिय एयरपोर्टबाट एक खर्ब ५४ अर्ब ६८ करोड ५४ लाख र त्रिवेणी नाकाबाट २७ लाख ४१ हजार रुपैयाँ बराबरको सामान आयात भएको हो ।
Advertisment