Below Menu
Below Menu

सानिमा बैंक र छिमेक लघुवित्तको संस्थापक सेयर बिक्रीमा 

सानिमा बैंक र छिमेक लघुवित्तको संस्थापक सेयर बिक्रीमा 

काठमाडौं । दुई कम्पनीको संस्थापक शेयर बिक्रीमा आएको छ । सानिमा बैंक र छिमेक लघुवित्त वित्तीय संस्थाले संस्थापक तर्फको सेयर आजदेखि बिक्रीमा ल्याएका हुन् ।

सानिमा बैंकले संस्थापक शेयरधनीका नाममा रहेको २ लाख ५० हजार कित्ता र छिमेक लघुवित्तले २ लाख ५० हजार कित्ता र छिमेक लघुवित्तले १५ हजार कित्ता संस्थापक सेयर विद्यमान संस्थापक सेयरधनीहरूले मात्र खरीद गर्न पाउने बिक्रीमा ल्याएका हुन् ।  

सानिमा बैंकले सेयरको मूल्य प्रतिकित्ता १५० रूपैयाँ तोकेको छ भने छिमेक लघुवित्तले सेयर मूल्य प्रतिकित्ता ६०० रूपैयाँ तोकेको छ । उक्त, सेयर खरिदका लागि संस्थापक सेयरधनीहरुले तोकिएको मूल्य वा सोभन्दा बढी मूल्य अंकित गरी सम्बन्धित कम्पनीको सेयर खरिदका लागि आवेदन दिन सक्नेछन् ।

सानिमा बंैकको शेयर खरीदका लागि कम्पनीको केन्द्रिय कार्यालय नारायणचौर नक्साल, काठमाडौंमासूचना प्रकाशित भएको ३५ दिनभित्र आवेदन पेश गर्नुपर्नेछ । त्यस्तै,  छिमेक लघुवित्तको शेयर खरीदका कम्पनीको केन्द्रिय कार्यालय मध्यबानेश्वर, काठमाडौंमा आवेदन दिनुपर्नेछ ।   

Advertisment

थप समाचार