Below Menu
Below Menu

शेयर बजारमा ३६.१९ अंकको गिरावट, कारोबार रकम पनि निरन्तर खुम्चिदै 

शेयर बजारमा ३६.१९ अंकको गिरावट, कारोबार रकम पनि निरन्तर खुम्चिदै 

काठमाडौं । मंगलबार शेयर बजार दोहोरो अंकले घटेको छ । कारोबारको तेस्रो दिन नेपाल स्टक एक्सचेञ्ज नेप्से परिसूचक ३६.१९ अंकले घटेर २१६४.३१ बिन्दुमा पुगेको हो । सोमबार नेप्से २६.६६ अंकले घटेर २२००.५० बिन्दुमा पुगेको थियो ।

आज कारोबारमा आएका ३२ कम्पनीको शेयरमूल्य बढेको छ । भने १७६ कम्पनीको शेयरमूल्य घटेको छ । त्यस्तै नौं कम्पनीको शेयरमूल्य स्थिर रहेको छ ।

शेयर बजार घटेसँगै कारोबार रकमा पनि गिरावट आएको छ ।  आज बजारमा दुई  अर्ब ९१ करोड ७ लाख रुपैयाँ बराबरको कारोबार भएको छ । सोमबार नेप्सेमा ४ अर्ब ७३ करोड ७६ लाख रुपैयाँ बराबरको कारोबार भएको छ । 
आज सोल्टी होटल्सको सर्वाधिक कारोबार भएको छ । यस कम्पनीको आज १५ करोड २७ लाख रुपैयाँ बराबरको कारोबार भएको हो । 

सर्वाधिक शेयरमूल्य बढ्ने कम्पनीमा किसान लघुवित्त वित्तीय संस्था रहेको छ । यस कम्पनीको शेयरमूल्य १० प्रतिशतले बढेको छ । नबिल डिबेञ्चरको शेयरमूल्य ६ प्रतिशत भन्दा बढीले घटेको छ ।
 

Advertisment

थप समाचार