Below Menu
Below Menu

स्वास्थ्य बीमा गर्नेहरुको संख्या ६९ लाख नाघ्यो, ४१ अर्ब बढीको दावी भुक्तानी  

स्वास्थ्य बीमा गर्नेहरुको संख्या ६९ लाख नाघ्यो, ४१ अर्ब बढीको दावी भुक्तानी  

काठमाडौं : पछिल्लो समय स्वास्थ्य बीमा गर्नेहरुको संख्या बढेको छ । हालसम्म ६९ लाख भन्दाबढीले स्वास्थ्य बीमा गरेका छन् । स्वास्थ्य बीमा बोर्डका अनुसार यस अवधिमा ६९ लाख ८ हजार १८२ जनाले स्वास्थ्य बीमा गरेका हुन् । 

बोर्डका अनुसार प्रदेशगत रुपमा हेर्ने हो भने स्वास्थ्य बीमा गर्नेमा कोशी प्रदेशमा सबैभन्दा बढी रहेका छन् । कोशी प्रदेशमा २१ लाख १५ हजार ४३३ जनाले स्वास्थ्य बीमा गरेका छन् । त्यस्तै, मधेश प्रदेशका ४ लाख ९९ हजार ८८४ जनाले स्वास्थ्य बीमा गरेका छन् । 

त्यसैगरी, बागमती प्रदेशमा १४ लाख ५३ हजार ६७० जना, गण्डकीमा ८ लाख ८१ हजार ८७६ जना, लुम्बिनी प्रदेशमा १० लाख ३१ हजार ४८९ र सुदुरपश्चिम प्रदेशमा ५ लाख १९ हजार ३ सयले स्वास्थ्य बीमा गरेका छन् । 

गत आर्थिक वर्षमा मात्रै बोर्डले स्वास्थ्य बीमा वापतको १३ अर्ब ३७ करोड २९ लाख १५ हजार ८२३ रुपैयाँ भुक्तानी गरेको छ भने हालसम्म स्वास्थ्य बीमा बापतको ४१ अर्ब ३७ करोड २८ लाख ३६ हजार रुपैयाँ भन्दाबढिको दाबी भुक्तानी गरिसकेको छ ।
 

Advertisment

थप समाचार