काठमाडौं । दुई लघुवित्त कम्पनीले मर्जरको सम्झौता गरेका छन् । जाल्पा सामुदायिक लघुवित्त वित्तीय संस्था र किसान लघुवित्त वित्तीय संस्था लिमिटेड एक आपसमा मर्ज हुने भएका हुन् ।
नेपाल स्टक एक्सचेञ्ज नेप्सेका अनुसार साउन ९ गते बुधबार यी दुई लघुवित्तले एक आपसमा गाभ्ने गाभिने सम्बन्धी समझदारी पत्रमा हस्ताक्षर गरेका छन्।
कम्पनीहरुले मर्जर सम्झौताका लागि साधारणसभा नभएसम्म कम्पनीको शेयर कारोबार रोक्का गर्न समेत नेप्सेलाई अनुरोध गरेका छन् ।
Advertisment