काठमाडौं : नेपाली बजारमा बुधबार सुनचाँदीको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको प्रतितोला ५ सय रुपैयाँले बढेको छ भने चाँदीको मूल्य तोलामा १० रुपैयाँले बढेको छ ।
महासंघका अनुसार आज बजारमा छापावाल सुनको मूल्य एक लाख १२ हजार ७ सय रुपैयाँ र तेजावी सुनको मूल्य एक लाख १२ हजार १५० रुपैयाँमा कारोबार भइरहेको छ । त्यस्तै आज चाँदीको मूल्य प्रतितोला एक हजार ४६५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।
Advertisment