काठमाडौं । बुधबार शेयर बजार दोहोरो अंकले घटेको छ । कारोबारको चोथौे दिन नेपाल स्टक एक्सचेञ्ज नेप्से परिसूचक १०.०२ अंकले घटेर २१५४.२९ बिन्दुमा पुगेको हो । मंगलबार नेप्से ३६.१९ अंकले घटेर २१६४.३१ बिन्दुमा पुगेको थियो ।
आज कारोबारमा आएका ६७ कम्पनीको शेयरमूल्य बढेको छ । भने १४१ कम्पनीको शेयरमूल्य घटेको छ । त्यस्तै नौं कम्पनीको शेयरमूल्य स्थिर रहेको छ ।
शेयर बजार घटेसँगै कारोबार रकमा पनि गिरावट आएको छ । आज बजारमा दुई अर्ब ४३ करोड २५ लाख रुपैयाँ बराबरको कारोबार भएको छ । मंगलबार नेप्सेमा दुई अर्ब ९१ करोड ७ लाख रुपैयाँ बराबरको कारोबार भएको थियो ।
आज ग्लोबल आईएमई बैंकको संस्थापक शेयरको सर्वाधिक कारोबार भएको छ । यस कम्पनीको आज १५ करोड १२ लाख रुपैयाँ बराबरको कारोबार भएको हो ।
सर्वाधिक शेयरमूल्य बढ्ने कम्पनीमा किसान लघुवित्त वित्तीय संस्था रहेको छ । यस कम्पनीको शेयरमूल्य ६ प्रतिशत भन्दा बढीले बढेको छ । जाल्पा सामुदायिक लघुवित्त वित्तीय संस्था र युनिलिभर नेपालको शेयरमूल्य ६ प्रतिशत भन्दा बढीले घटेको छ ।
Advertisment