Below Menu
Below Menu

सुन तस्करी प्रकरणमा एमालेले सरकारसँग जवाफ माग्ने

सुन तस्करी प्रकरणमा एमालेले सरकारसँग जवाफ माग्ने

काठमाडौं : प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) ले सुन तस्करी प्रकरणका विषयमा सरकारसँग जवाफ माग गर्ने भएको छ । बानेश्वरस्थित संसद्भवनको ल्होत्से हलमा आज  बसेको एमाले संसदीय दलको बैठकले सो प्रकरणका सम्बन्धमा गम्भीरतापूर्वक छानबिन गर्नुपर्ने माग समेत गरेको छ ।  

बैठकपछि सञ्चारकर्मीसँग कुराकानी गर्दै एमालेका  नेता रघुजी पन्तले भने, “भरियाहरुलाई मात्र होइन, त्यो कम्पनीसम्म पुग्नुपर्छ, सुन तस्करीका प्रक्रियामा संलग्नलाई कारबाही गर्नुपर्छ ।” 
प्रतिनिधिसभाको बैठक आज बस्दैछ। 

Advertisment