Below Menu
Below Menu

रोकिएन नेप्सेको गिरावट, कारोबार रकम पनि निरन्तर खुम्चिदै 

रोकिएन नेप्सेको गिरावट, कारोबार रकम पनि निरन्तर खुम्चिदै 

काठमाडौं : साताको अन्तिम कारोबार दिन बिहिबार शेयर बजार उच्च अंकले घटेको छ । नेपाल स्टक एक्सचेञ्ज नेप्से परिसूचक आज २९.७१ अंकले घटेर २१२६.४८ बिन्दुमा पुगेको हो । बुधबार नेप्से १०.०२ अंकले घटेर २१५४.२९ बिन्दुमा बन्द भएको थियो । 

आज कारोबारमा आएका १६ कम्पनीको शेयरमूल्य बढेको छ । भने १९३ कम्पनीको शेयरमूल्य घटेको छ । त्यस्तै नौं कम्पनीको शेयरमूल्य स्थिर रहेको छ ।
शेयर बजार घटेसँगै कारोबार रकममा पनि गिरावट आएको छ । आज बजारमा दुई अर्ब ४२ करोड ५७ लाख रुपैयाँ बराबरको कारोबार भएको छ । बुधबार नेप्सेमा दुई अर्ब ४३ करोड २५ लाख रुपैयाँ बराबरको कारोबार भएकोे थियो । 

आज शिवम् सिमेन्टको सर्वाधिक कारोबार भएको छ । यस कम्पनीको आज १० करोड ५७ लाख रुपैयाँ बराबरको कारोबार भएको हो । 
सर्वाधिक शेयरमूल्य बढ्ने कम्पनीमा एनआइशी एशिया फ्लेक्स क्याप फण्ड रहेको छ । यस कम्पनीको शेयरमूल्य ७ प्रतिशत भन्दा बढीले बढेको छ । आज किसान लघुवित्त वित्तीय संस्थाको  शेयरमूल्य ८ प्रतिशत भन्दा बढीले घटेको छ ।
 

Advertisment

थप समाचार