Below Menu
Below Menu

अख्तियारद्वारा भ्रष्टाचारको आरोपमा सात जना विरुद्ध मुद्दा दायर, ५२ लाख बढीको विगो माग 

अख्तियारद्वारा भ्रष्टाचारको आरोपमा सात जना विरुद्ध मुद्दा दायर, ५२ लाख बढीको विगो माग 

काठमाडौं : अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचारको आरोपमा सात जना विरुद्ध मुद्दा दायर गरेको छ । आयोगले दार्चुलाको शैल्यशिखर नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत सुरेन्द्र बहादुर विष्ट, इन्जिनियर, निर्माण उपभोक्ता समितिका अध्यक्षसमेत ७ जना विरुद्ध मुद्दा दायर गरेको हो ।

आयोगका अनुसार दार्चुलाको शैल्यशिखर नगरपालिका वडा नं. ६ पनेबाज मौरीभिटा देखि वडा नं. ७ र ८ को बन्तोली बोहरीगाउँको सडकखण्ड निर्माणको लागत इष्टिमेटमा कडा चट्टानको भाग बढी देखाई वास्तविकभन्दा बढी भुक्तानी भएको भन्ने उजुरी परेको थियो । 

सोही निवेदन आधारमा नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत विष्टले आव २०७४/०७५ र आव २०७५/०७६ मा संचालित पनेबाज बन्तोली बगौरा सडक खन्ने कार्यमा फिल्डको वास्तविक तथ्य बँग्याई कटिङ गर्दा बढी दररेट रहेको हार्ड रकको परिमाण अस्वभाविक रुपमा बढी मूल्याङ्कन गरी नापी किताबमा चढाई हस्ताक्षर गरेको पाइएको आयोगको भनाई छ । 

उनले निर्माणस्थलमा भए गरेको कार्यभन्दा बढी तथा साईटमा नगरे नगराएको परिमाणको झुट्टा बिल भरपाई तथा कार्यसम्पन्न प्रतिवेदन स्वीकृत गरी २६ लाख २ हजार ५५६ रुपैयाँ ११ पैसा बढी भुक्तानी दिई भ्रष्टाचार गरेको आयोगको ठहर छ ।

त्यस्तै, सोही कार्यमा नगरपालिकका सब इन्जिनियर दिपक सिंह विष्ट, शैल्यशिखर नगरपालिका पनेबाज बन्तोली बगौरा सडक निर्माण उपभोक्ता समितिका अध्यक्ष जनक राज जोशी, सचिव धनन्जय जोशी तथा कोषाध्यक्ष जानकी बडू जोशीको पनि संलग्नता रहेको आयोगले जनाएको छ ।

आयोगले उनीहरु विरुद्ध जनही २६ लाख २ हजार ५५६ रुपैयाँ बराबरको विगो र जरिवानासहितको माग दावी गर्दै बिहिबार विशेष अदालत काठमाडौंमा मुद्दा दायर गरेको हो ।

त्यसैगरी, सोही नगरपालिकाका इन्जिनियर सन्तोष पाण्डेले आव २०७४/७५ मा सञ्चालित पनेबाज बन्तोली बगौरा सडक खन्ने कार्यमा अस्वभाविक रुपमा बढी म्रल्यांकन गरी नापी किताबमा चढाई हस्ताक्षरसहति सहमति जनई निर्माण स्थलमा भईगरेको भन्दा तथा साइट नगराएको परिणामको झुटा बिल बनाई १ज्ञ लाख ३० हजार १७२ रुपैयाँ ६७ पैसा भ्रष्टाचार गरेको आयोगले जनाएको छ ।

त्यस्तै, सोही कार्यमा नगरपालिकाका तत्कालिन इन्जिनियर राजेन्द्र सिंह धामीले १४ लाख ७२ हजार २८३ रुपैयाँ, ४३ पैसा भ्रष्टाचार गरेको आयोगको भनाई छ । उनीहरु विरुद्ध जनही सोही बराबरको विगो माग गर्दै आयोगले मुद्दा दायर गरेको हो । 

Advertisment

थप समाचार