Below Menu
Below Menu

सिटिजन्स बैंकको खुद नाफा २ अर्ब २१ करोड, खराब कर्जा कति?

सिटिजन्स बैंकको खुद नाफा २ अर्ब २१ करोड, खराब कर्जा कति?

काठमाडौं : सिटिजन्स बैंक इन्टरनेशनलले गत आर्थिक वर्ष २०७९/८० को चौंथो त्रैमासिक वित्तीय विवरण आज सार्वजनिक गरेको छ । विवरण अनुसार बैंकले गत आर्थिक वर्षमा २ अर्ब २१ करोड ४४ लाख २५ हजार रुपैयाँ खुद नाफा कमाएको छ । यो नाफा अघिल्लो वर्षको तुलनामा १०.४१ प्रतिशतले बढी हो । अघिल्लो वर्ष बैंकले २ अर्ब ५६ लाख रुपैयाँ बढी खुद नाफा कमाएको थियो ।

बैंकको खुद ब्याज आम्दानी १७.३० प्रतिशतले वृद्धि भई ५ अर्ब ८५ करोड ७२ लाख ७४ हजार रुपैयाँ पुगेको छ । गत वर्ष बैंकको कुल सञ्चालन आम्दानी ६ अर्ब ९३ करोड ९८ लाख र सञ्चाल नाफा ३ अर्ब ७ करोड २७ लाख रुपैयाँ कायम थियो । बैंकको सञ्चालन आम्दानी १०.७९ प्रतिशत र संचालन नाफा १३.४२ प्रतिशतले वृद्धि भएको छ । बैंकको वितरणयोग्य नाफा भने १ अर्ब ३ करोड ७२ लाख ७६ हजार रुपैयाँ रहेको छ ।

बैंकको चुक्तापुँजी १४ अर्ब २० करोड ९ लाख, जगेडा तथा अन्य कोषमा ७ अर्ब ११ करोड २० लाख रुपैयाँ रहेको छ । त्यस्तै बैंकको निक्षेप १०.५० प्रतिशतले वृद्धि भई १ खर्ब ६८ अर्ब ८४ करोड २१ लाख रुपैयाँ पुगेको छ । यस्तै, कर्जा लगानी ६.९० प्रतिशतले बढेर १ खर्ब ४० अर्ब ४० करोड १५ लाख रुपैयाँ पुगेको छ ।

बैंकको खराब कर्जा ३.१९ प्रतिशत छ। बैंकको प्रतिसेयर आम्दानी पनि बढेर १५ रुपैयाँ ५९ रुपैयाँ र प्रतिसेयर नेटवर्थ पनि १५० रुपैयाँ ८ पैसा पुगेको छ ।

Advertisment

थप समाचार