काठमाडौं : लुम्बिनी विकास बैंकले गत आर्थिक वर्षको चौथो त्रैमासको अपरिस्कृत वित्तीय विवरण प्रकाशन गरेको छ । प्रकाशित वित्तीय विवरण अनुसार आर्थिक वर्ष २०७९/८० मा बैंकको खुद नाफा ३.८८ प्रतिशतले घटेको छ। अघिल्लो वर्ष बैंकको खुद नाफा ६३ करोड ७१ लाख थियो ।
आर्थिक वर्ष २०७९/८० मा बैंकको खुद नाफा ६१ करोड २४ लाख कायम भएको छ । बैंकको खुद ब्याज आम्दानी भने २२.३१ प्रतिशतले बढेर १ अर्ब ८७ करोड पुगेको छ। बैंकले सम्भावित जोखिमको लागि इम्पेरमेन्ट चार्जको रुपमा ४० करोड ३१ लाख छुट्याउँदा खुद नाफा घटेको हो । बैंकको खराब कर्जा १.६८ प्रतिशतबाट बढेर ३.०१ प्रतिशत पुगेको छ ।
यस अवधिमा बैंकको वितरणयोग्य मुनाफा ३९ करोड २७ लाख रहेको छ । बैंकको चुक्ता पुँजी ३ अर्ब ३८ करोड, जगेडा कोष २ अर्ब ७७ करोड, निक्षेप ४ अर्ब ९१ करोड र कर्जा प्रवाह ४ अर्ब १५ करोड रहेको छ ।
बैंकको प्रति शेयर आम्दानी १८ रुपैयाँ ११ पैसा, प्रति शेयर नेत्वार्थ १८२.१७ रुपैयाँ, र पी रेसियो २२.८१ गुणा छ ।
Advertisment