काठमाडौं : एनआईबिएल सहभागिता फण्डले लाभांश प्रस्ताव गरेको छ । कम्पनीको बिहिबार बसेको सञ्चालक समितिको बैंठकले गत आव २०७९/८० को नाफाबाट योजनाका इकाईहरुलाई करसहित ४ प्रतिशत नगद लाभांश दिने घोषणा गरेको हो ।
सो प्रयोजनका लागि योजना व्यवस्थापकको सञ्चालक समितिको बैंठक अनुसार बिहिबार नै इकाईधनी दर्ता किताब बन्द गर्ने निर्णय गरेको छ । जस अनुसार बिहिबारसम्म कायम भएका इकाईधनीहरुले मात्र उक्त लाभांश पाउनेछन् ।
एनआईबिएल सहभागिता फण्ड नामक योजना एनआईबिएल म्युचुअल फण्ड अन्तर्गत सञ्चालित खुल्लामुखी योजना हो । यस योजनाका ईकाईहरुले आफूले प्राप्त गर्ने (कर तथा निर्धारित डिपिशुल्क कट्टीपछिको) लाभांश रकम बराबरले हुन आउने रकम समायोजित मूल्यमा लाभांश पुनः लगानी योजना मार्फत उक्त रकमले हुन आउने थप इकाईहरु खरिद गर्न सक्ने समेत सुविधा रहेको छ ।
।
Advertisment