काठमाडौं : तेह्रथुम पावर कम्पनी लिमिटेडले हकप्रद शेयर निष्कासन गर्ने भएको छ । कम्पनीले शेयरधनीहरुलाई १ः१ को अनुपातमा हकप्रद शेयर जारी गर्न लागेको हो । हकप्रद शेयर निष्कासनका लागि कम्पनीले निष्काशन तथा बिक्री प्रबन्धकको रुपमा नबिल इन्भेष्टमेन्ट बैंकिंग लिमिटेडलाई नियुक्त गरेको छ ।
सम्झौतापत्रमा तेह्रथुम पावर कम्पनीका तर्फबाट प्रबन्ध निर्देशक मोहन कुमार डाँगी र नबिल इन्भेष्टमेन्ट बैंकिंगका तर्फबाट प्रमुख कार्यकारी अधिकृत (सिईओ) मनिष नारायण जोशीबीच हस्ताक्षर भएको छ ।
शुक्रबार भएको उक्त सम्झौतामा नबिल इन्भेष्टमेन्टले तेह्रथुम पावर कम्पनीमा सर्वसाधारणमा हकप्रद शेयर निष्काशनका लागि आवश्यक पूर्वतयारीमा रहेको जनाएको छ । पूर्वतयारी सम्पन्न भएपछि नियामक निकायहरुबाट हकप्रद शेयर निष्काशनका लागि अनुमति माग गरिने विज्ञप्तीमा उल्लेख गरिएको छ ।
तेह्रथुम पावर कम्पनी लिमिटेड कम्पनी ऐन २०६३ अन्तर्गत बिसं. २०६६ स्थापना भई बिसं २०७५ असारमा प्राईभेट कम्पनीबाट पब्लिक लिमिटेड कम्पनी भएको हो । ७.५ मेगावाट विद्युत उत्पादन क्षमताको यस कम्पनीको विद्युत खरिद सम्बन्धि सम्झौता २०७३ साल कार्तिक महिनामा नेपाल विद्युत प्राधिकरणसँग भएको थियो ।
Advertisment