Below Menu
Below Menu

अपि पावरको ४० प्रतिशत हकप्रद साउन ३१ गतेदेखि बिक्रीमा 

अपि पावरको ४०  प्रतिशत हकप्रद साउन ३१ गतेदेखि बिक्रीमा 

काठमाडौं : अपि पावर कम्पनी लिमिटेडले ४० प्रतिशत हकप्रद शेयर निष्कासन गर्ने भएको छ । कम्पनीले साउन ३१ गतेदेखि हाल कायम चुक्ता पूँजीको ४० प्रतिशत हकप्रद शेयर निष्काशन गर्न लागेको हो। कम्पनीले प्रतिशेयर १०० रुपैयाँ अंकित मूल्यका १ करोड ६५ लाख ३३ हजार १३७ कित्ता हकप्रद शेयर निष्काशन गर्न लागेको हो ।

कम्पनीको हकप्रद शेयरमा साउन ३१ गतेदेखि भदौ १९ गतेसम्म आवेदन दिन सकिनेछ। कम्पनीले हकप्रद शेयर निष्काशन तथा बिक्री प्रबन्धकमा मुक्तिनाथ क्यापिटल मार्केट लिमिटेडलाई नियुक्त गरेको छ । हकप्रद शेयर निष्काशन तथा प्रयोजनका लागि कम्पनीले असार २२ गते बुक क्लोज गरेको थियो। जस अनुसार  असार २१ गतेसम्म नेप्सेमा कारोबार भइ कायम शेयरधनीहरुले मात्रै उक्त हकप्रद शेयरका लागि आवेदन दिन सक्नेछन्।

कम्पनीका अनु्सार लगानीकर्ताले हकप्रद शेयरका लागि अपि पावर, मुक्तिनाथ क्यापिटल र मुक्तिनाथ विकास बैंकका तोकिएका शाखा कार्यालयहरुबाट आवेदन दिन सक्नेछन्। यसका साथै नेपाल धितोपत्र बोर्डबाट अनुमति लिई आस्वा सेवामा सहभागी बैंक तथा वित्तीय संस्थाहरुबाट सि आस्वा प्रणालीमार्फत र सिडिएस एण्ड क्लियरिङ्गबाट निर्माण गरिएको सफ्टवेयर मेरो शेयर अनलाइन प्रयोग गरी आवेदन दिन सकिने कम्पनीले जनाएको छ । 

Advertisment

थप समाचार