Below Menu
Below Menu

मिड सोलु हाइड्रोपावरको आईपीओ आजदेखि बिक्रीमा, कसले दिन पाउँछन् आवेदन ? 

मिड सोलु हाइड्रोपावरको आईपीओ आजदेखि बिक्रीमा, कसले दिन पाउँछन् आवेदन ? 

काठमाडौं : मिड सोलु हाइड्रोपावर कम्पनीले आजदेखि प्राथमिक शेयर (आईपीओ) बिक्रीमा ल्याएको छ । कम्पनीले पहिलो चरणमा आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि आईपीओ निष्कासन गरेको हो । 

कम्पनीले जारी पूँजी ७४ करोड ८४ लाख रुपैयाँको १० प्रतिशत अर्थात ७ करोड ४८ लाख ४० हजार रुपैयाँ बराबरको आईपीओ प्रति शेयर एक सय रुपैयाँ अंकित मुल्यमा ७ लाख ४८ हजार ४०० लाख कित्ता शेयर आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दाहरुका लागि निष्काशन गरेको हो ।

यसका साथै कम्पनीले वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि सर्वसाधारणलाई छुट्याइएको शेयरको १० प्रतिशतले हुन आउने ७४ लाख ८४ हजार रुपैयाँ बराबरको ७४ हजार ८४ कित्ता आईपीओ १०० रुपैयाँ अंकित दरमा बिक्रीमा ल्याएको छ । 
कम्पनीको उक्त शेयरमा लगानीकर्ताहरुले न्यूनतम १० कित्तादेखि अधिकतममा १० हजार कित्तासम्मका लागि आवेदन दिन सक्नेछन् ।

कम्पनीको आईपीओ निष्कासन तथा बिक्री प्रबन्धकमा एनआईसी एशिया क्यापिटल रहेको छ । आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दाहरुका लागि निष्काशन बन्द छिटोमा साउन २८ गते हुनेछ भने ढिलोमा भदौ ११ गते हुनेछ । वैदेशिक रोजगारीमा रहेका नेपालीहरुले भने साउन २८ गतेभित्र आवेदन दिनु पर्नेछ । 

आईपीओ खरिदका लागि स्थानिय बासिन्दाले आयोजना स्थल, एनआईसी एशिया बैंक, लक्ष्मी सनराइज बैंक, ग्लोबल आइएमई बैंक र राष्ट्रिय वाणिज्य बैंकका तोकिएका शाखा कार्यालयबाट आवेदन दिन सक्नेछन् । 

यसका साथै बिक्री प्रबन्धकको वेभसाइटमा गई रितपूर्वक विवरण भरी पनि आवेदन दिन सकिनेछ । आयोजना प्रभावित क्षेत्रका बासिन्दाहरुले सेयर खरिद आवेदन प्राप्त गर्नका लागि दरखास्त फारमबापत २ रुपैयाँ शुल्क बुझाउनु पर्नेछ ।

वैदेशिक रोजगारीमा रहेका नेपालीहरुले नेपाल धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त गरेका सम्पूर्ण सि आस्बा सदस्य बैंक तथा वित्तीय संस्थाहरु र तिनका तोकिएका शाखा कार्यालयहरु तथा सिडिएस एण्ड क्लियरिङ्ग लिमिटेडले निर्माण गरेको सफ्टवेयर ‘मेरो शेयर’ अनलाइन प्रयोग गरी सि आस्बा प्रणाली मार्फत आवेदन दिन सक्नेछन्।

Advertisment

थप समाचार