Below Menu
Below Menu

अदालतले दोषी ठहर नगरी खाँणलाई पार्टीले कारबाही गर्न मिल्दैनः नेता सिंह 

अदालतले दोषी ठहर नगरी खाँणलाई पार्टीले कारबाही गर्न मिल्दैनः नेता सिंह 

काठमाडौं : नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले नक्कली भुटानी शरणार्थी प्रकरणमा थुनामा रहेका पार्टी नेता बालकृष्ण खाणलाई अदालतले दोषी ठहर गरेपछि मात्रै पार्टीले काराबाही गर्ने बताएका छन् । 

नेपाली कांग्रेस चितवनले आज यहाँ आयोजना गरेको पत्रकार भेटघाटमा उनले आरोप लाग्दैमा कारबाही गरिहाल्नुपर्छ भन्ने नरहेको स्पष्ट पारे । उनले अहिले अदालतमा विचाराधीन रहेको मुद्दामा कांग्रेसले पहिला पनि कारबाही नगरेको भन्दै खाणको विषयमासमेत मुद्दाको फैसला आएपछि मात्रै निर्णय गर्ने बताए । 

पुरानो नजिरलाई लिएर खाणलाई कारबाही नगरिएको उनको भनाइ थियो । उनले भने, “पहिले पनि यस्ता मुद्दामा अदालतको फैसलापछि मात्रै कारबाही गर्ने गरिएको थियो । त्यहीअनुसार अहिले कारबाही नगरिएको हो ।”

कांग्रेस भ्रष्टाचारको संरक्षणमा भने नलाग्ने उनले स्पष्ट पारे । उनले भने, “निष्पक्ष तवरले कानुनी राज्यको पक्षमा कांग्रेस रहेको छ ।” आफ्ना पार्टीका नेतालाई पर्दा कानुन लाग्नुहुँदैन भन्ने पक्षमा कांग्रे नहरेको उनको भनाइ थियो ।

Advertisment

थप समाचार