Below Menu
Below Menu

थामिएन शेयर बजारको पहिरो, कारोबार रकममा भने सामान्य सुधार 

थामिएन शेयर बजारको पहिरो, कारोबार रकममा भने सामान्य सुधार 

काठमाडौं । साताको पहिलो कारोबार दिन आइतबार शेयर बजार दोहोरो अंकले घटेको छ । नेपाल स्टक एक्सचेञ्ज नेप्से परिसूचक आज २६.१४ अंकले घटेर २१००.३४ बिन्दुमा पुगेको हो । बिहिबार नेप्से २९.७१ अंकले घटेर २१२६.४८ बिन्दुमा भएको थियो । 

आज कारोबारमा आएका १८ कम्पनीको शेयरमूल्य बढेको छ । भने १८९ कम्पनीको शेयरमूल्य घटेको छ । त्यस्तै १० कम्पनीको शेयरमूल्य स्थिर रहेको छ ।

शेयर बजार घटेसँगै कारोबार रकममा भने सामान्य सुधार आएको छ । आज बजारमा दुई अर्ब ५० करोड २८ लाख रुपैयाँ बराबरको कारोबार भएको छ । बिहिबार बजारमा दुई अर्ब ४२ करोड ५७ लाख रुपैयाँ बराबरको कारोबार भएको थियो । 

आज शिवम् सिमेन्टको सर्वाधिक कारोबार भएको छ । यस कम्पनीको आज १४ करोड ७८ लाख रुपैयाँ बराबरको कारोबार भएको हो । 

सर्वाधिक शेयरमूल्य बढ्ने कम्पनीमा पिपुल्स पावर कम्पनी रहेको छ । यस कम्पनीको शेयरमूल्य ३ प्रतिशत भन्दा बढीले बढेको छ । आज मनकामना स्मार्ट लघुवित्त वित्तीय संस्थाको शेयरमूल्य ६ प्रतिशत भन्दा बढीले घटेको छ ।
 

Advertisment

थप समाचार