काठमाडौं : नेपाली बजारमा सोमबार सुनचाँदीको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला तीन सय रुपैयाँले घटेकोे छ भने चाँदीको मूल्य तोलामा ५ रुपैयाँले घटेको हो ।
महासंघका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला एक लाख १२ हजार ६ सय रुपैयाँ र तेजावी सुनको मूल्य प्रतितोला एक लाख १२ हजार ५० रुपैयाँमा कारोबार भईरहेको छ ।
त्यस्तै, आज चाँदीको मूल्य प्रतितोला एक हजार ४५० रुपैयाँमा कारोबार भईरहेको महासंघले जनाएको छ ।
Advertisment