Below Menu
Below Menu

तीव्र उतारचढावबीच नेप्सेमा सामान्य वृद्धि, कारोबार रकम भने बढ्न सकेन 

तीव्र उतारचढावबीच नेप्सेमा सामान्य वृद्धि, कारोबार रकम भने बढ्न सकेन 

काठमाडौं : साताको दोस्रो कारोबार दिन सोमबार शेयर बजार सामान्य अंकले बढेको छ ।  निरन्तर रुपमा घटिरहेको शेयर बजार आज तिव्र उतारचढावकाबीच सामान्य अंकले बढेको हो । 

आज नेपाल स्टक एक्सचेञ्ज नेप्से परिसूचक आज ५.८४ अंकले बढेर २१०६.१८ बिन्दुमा पुगेको हो । आइतबार नेप्से २६.१४ अंकले घटेर २१००.३४ बिन्दुमा बन्द भएको थियो । आज कारोबारमा आएका १११ कम्पनीको शेयरमूल्य बढेको छ । भने ९९ कम्पनीको शेयरमूल्य घटेको छ । त्यस्तै ७ कम्पनीको शेयरमूल्य स्थिर रहेको छ ।

शेयर बजार बढेपनि कारोबार रकममा भने गिरावट आएको छ । आज बजारमा एक अर्ब ८५ करोड ८० लाख रुपैयाँ बराबरको कारोबार भएको छ । आइतबार नेप्सेमा दुई अर्ब ५० करोड २८ लाख रुपैयाँ बराबरको कारोबार भएको थियो । आज शिवम् सिमेन्टको सर्वाधिक कारोबार भएको छ । यस कम्पनीको आज ८ करोड ६ लाख रुपैयाँ बराबरको कारोबार भएको हो ।

सर्वाधिक शेयरमूल्य बढ्ने कम्पनीमा सनराइज ब्लुचिप फण्ड रहेको छ । यस कम्पनीको शेयरमूल्य ७ प्रतिशत भन्दा बढीले बढेको छ । आज वीन नेपाल लघुवित्त वित्तीय संस्था र ग्लोबल आईएमई बैंक डिबेञ्चरको शेयरमूल्य ४ प्रतिशत भन्दा बढीले घटेको छ ।
 

Advertisment

थप समाचार