Below Menu
Below Menu

नाडा अटो शोमा ८२ स्टल रहने, १ लाखले अवलोकन र २० अर्बको कारोबार हुने अपेक्षा

नाडा अटो शोमा ८२ स्टल रहने, १ लाखले अवलोकन र २० अर्बको कारोबार हुने अपेक्षा

काठमाडौं : नेपालको सबैभन्दा ठूलो नाडा अटो एक्सपोको १५ औं संस्करणको लागि स्टल निर्धारण गरिएको छ । एक्सपोमा सहभागी हुने सबै फर्म÷कम्पनीरुले समान अवसर प्राप्त गरोस भन्ने उद्देश्यले नाडाले लटरी ड्र मार्फत स्टलहरुको वितरण गर्दे आएको छ । 

नाडा अटो एक्सपो २०२३, यही आउँदो २०८० साल भाद्र २६ गते देखि ३१ गतेसम्म काठमाडौं प्रदर्शनीमार्गको भृकुटी मण्डप परिसरमा हुँदैछ । स्टल बुकिङका लागि नाडाले यस अघि नै सूचना समेत प्रकाशित गरिसकेको थियो ।

यस नाडा अटो एक्स्पो २०२३ मा विगतमा भन्दा उत्साहजनक रुपमा अटोमोवाइल कम्पनीहरु सहभागी भएका छन् । दर्शकहरुले यस प्रर्दशनीमा विद्युतिय सवारी साधनहरु लगायत चार बर्षपटि हालसम्मका नयाँ मोडलहरुको अवलोकन गर्न पाउने छन्।

खासगरी यस प्रदर्शनीमा विभिन्न ब्राण्ड र मोडेलका सवारी साधनहरु र त्यसमा प्रयोग हुने टायरटयूव, लुविकेण्टस, स्पेयर पार्टस, एसेसरिज, अटो कम्पोनेन्ट्स् एवं ग्यारेज उपकरणहरु लगायतका विभिन्न सामग्रीहरु सहित कूल ८२ वटा स्टलहरु प्रदर्शनीमा रहने छन् । त्यसैगरी सो प्रदर्शनीमा अटोमोवाइल व्यवसायसँग प्रत्यक्ष सरोकार राख्ने बैंक तथा इन्स्योरेन्स जस्ता कम्पनीहरु समेतको उल्लेख्य रुपमा सहभागिता रहनेछ ।

नाडाले गत वर्ष भव्यताकासाथ नाडा इभि एक्सपो २०२२ समेत सम्पन गरेको थियो । विभिन्न कारणहरुले विगतमा सुस्ताएको अटोमोवाइल व्यवसाय केही चलायमान हुने अपेक्षा नाडाले राखेको छ।


प्रदर्शनीमा सहभागी हुने अटोमोवाइल कम्पनीहरुले विभिन्न छुट र सुविधा सहितका प्याकेजहरु समेत दिने छन् । यस पटक विगतका प्रदर्शनीहरु भन्दा थप भव्य, व्यवस्थित र बृहत रुपमा आयोजना हुने नाडाले जनाएको छ । प्रदर्शनीमा एक लाख भन्दा बढी दर्शकले अवलोकन गर्ने र करिब २० अर्बभन्दा बढीको कारोबार हुने आशा समेत गरिएको नाडाले जनाएको छ ।

प्रदर्शनीको सम्पूर्ण व्यवस्थापन ग्लोवल एक्सपोजिशन एण्ड मेनजमेण्ट सर्विस प्रा.लि.ले गर्नेछ ।

Advertisment

थप समाचार