Below Menu
Below Menu

९९९ मै आजीवन डिम्याट र मेराे सेयर नवीकरण

९९९ मै आजीवन डिम्याट र मेराे सेयर नवीकरण

काठमाडौं : अब ९९९ रुपैयाँ मै डिम्याट र मेराे सेयर खाता खाेल्न सकिने भएकाे छ। उक्त रकम तिरेपछि डिम्याट र मेराे सेयर खाता आजीवन नवीकरण गरिराख्नु पर्दैन ।

हालै सञ्चालनमा आएकाे हिमालयन ब्राेकरेज कम्पनी लिमिटेड (ब्रोकर नम्बर ६३) ले यस्ताे याेजना ल्याएकाे हाे । यस याेजनाले हरेक वर्ष डिम्याट र मेराे सेयर नवीकरण गरिराख्नु पर्ने झन्झटबाट मुक्त हुने कम्पनीले जनाएको छ। यस याेजनाले पुँजी बजारको क्षेत्रमा नयाँ उत्साह थपिने समेत विश्वास कम्पनीले लिएको छ ।

यस अघि नै डिम्याट र मेराे सेयर खाता खाेलिसकेकाे अवस्थामा पनि कम्पनीको सेवा लिन सक्नेछन् । 

हिमालयन ब्राेकरेजले नेपाल धिताेपत्र बाेर्डबाट जेठ ८ गते लाइसेन्स पाएकाे थियाे । कम्पनीले सम्पूर्ण प्रक्रिया पुरा गरेर असार २८ गतेबाट कारोबार (सेयर ट्रेडिङ) सुरु गरेकाे थियाे ।

Advertisment

थप समाचार