Below Menu
Below Menu

कहिलेसम्म कायम भएका शेयरधनीले पाउँछन्, अपर तामाकोशीको हकप्रदमा आवेदन दिन ? 

कहिलेसम्म कायम भएका शेयरधनीले पाउँछन्, अपर तामाकोशीको हकप्रदमा आवेदन दिन ? 

काठमाडौं  : अपर तामाकोशी हाइड्रोपावर लिमिटेडले शेयरधनी किताब खाता (बुक क्लोज) को मिति तय गरेको छ । कम्पनीले हकप्रद शेयर र साधारणसभा प्रयोजनको लागि साउन २६ गते एक दिनका लागि बुक क्लोज गर्ने भएको हो ।

जस अनुसार साउन १५ गतेसम्म नेप्सेका कायम भएका शेयरधनीहरुले कम्पनीले वितरण गर्ने शतप्रतिशत हकप्रद शेयरमा आवेदन दिन र साधारणसभामा भाग लिन पाउनेछन् । 

कम्पनीको साधारणसभा भदौ ६ गते बुधबार नेपाल प्रज्ञा प्रतिष्ठान कमलादीमा हुनेछ । उक्त सभाले कम्पनीले जारी गर्न लागेको १ः१ को अनुपातको शतप्रतिशत हकप्रद शेयर जारी गर्ने प्रस्ताव पारित गर्ने छ । कम्पनीले प्रति शेयर १०० रुपैयाँको दरले हुने १० अर्ब ५९ करोड रुपैयाँ बराबरको १० करोड ५९ लाख कित्ता हकप्रद शेयर निष्काशन गर्ने भएको हो । 

हाल कम्पनीको चुक्ता पूँजी १० अर्ब ५९ करोड रुपैयाँ रहेको छ । शत प्रतिशत हकप्रद जारी गरेसँगै कम्पनीको चुक्ता पूँजी २१ अर्ब १८ करोड रुपैयाँ पुग्नेछ । कम्पनीको हकप्रद निष्काशन तथा बिक्री प्रबन्धकमा नागरिक लगानी कोष र सनराइज क्यापिटल रहेका छन् ।
 

Advertisment

थप समाचार