काठमाडौं : घोराही सिमेन्ट इण्डष्ट्री लिमिटेडको शेयर रजिष्ट्रारमा हिमालयन क्यापिटल नियुक्त भएको छ । कम्पनीको सञ्चालक समितिले घोराही सिमेन्टको शेयर कारोबार सम्बन्धी सम्पूर्ण अभिलेख राख्न उक्त क्यापिटललाई शेयर रजिष्ट्रारमा नियुक्त गरेको हो ।
जस अनुसार कम्पनीको शेयर कारोबार सम्बन्धी अधिलेृख राख्ने, दाखिला खारेज गर्ने, नामसारी गर्ने र शेयरधनी लगत अद्यावधिक राख्ने लगायतका सम्पूर्ण कामहरु अव हिमालय क्यापिटल मार्फत हुनेछन् ।
Advertisment