काठमाडौं : साताको तेस्रो कारोबार दिन मंगलबार (आज) शेयर बजार उच्च अंकले घटेको छ । निरन्तर रुपमा घटिरहेको शेयर बजार मंगलबार तिव्र उतारचढावकाबीच सामान्य अंकले बढे पनि आज फेरी घटेको हो ।
नेपाल स्टक एक्सचेञ्ज नेप्से परिसूचक आज २८.५९ अंकले घटेर २०७७.५८ बिन्दुमा पुगेको हो । साेमबार नेप्से ५.८४ अंकले बढेर २१०६.१८ बिन्दुमा भएको थियो ।
आज कारोबारमा आएका १७ कम्पनीको शेयरमूल्य बढेको छ । भने १९६ कम्पनीको शेयरमूल्य घटेको छ । त्यस्तै तीन कम्पनीको शेयरमूल्य स्थिर रहेको छ । शेयर बजार घटेपनि कारोबार रकममा भने सामान्य सुधार देखिएको छ । आज बजारमा एक अर्ब ९२ करोड ४४ लाख रुपैयाँ बराबरको कारोबार भएको छ । सोमबार नेप्सेमा एक अर्ब ८५ करोड ८० लाख रुपैयाँ बराबरको कारोबार भएको थियो ।
आज अपर तामाकोशी हाइड्रोपावरको सर्वाधिक कारोबार भएको छ । यस कम्पनीको आज ८ करोड ७४ लाख रुपैयाँ बराबरको कारोबार भएको हो ।
सर्वाधिक शेयरमूल्य बढ्ने कम्पनीमा सुपर मादी हाइड्रोपावर कम्पनी रहेको छ । यस कम्पनीको शेयरमूल्य २ प्रतिशत भन्दा बढीले बढेको छ । आज किसान लघुवित्त वित्तीय संस्था शेयरमूल्य ४ प्रतिशत भन्दा बढीले घटेको छ ।
Advertisment