काठमाडौं : साताको चौथो कारोबार दिन बुधबार (आज) शेयर बजारमा सामान्य सुधार देखिएको छ । नेपाल स्टक एक्सचेञ्ज नेप्से परिसूचक आज ९.२५ अंकले बढेर २०८६.८४ बिन्दुमा पुगेको हो । मंगलबार २८.५९ अंकले घटेर २०७७.५८ बिन्दुमा बन्द भएको थियो ।
आज कारोबारमा आएका ११७ कम्पनीको शेयरमूल्य बढेको छ । भने ८१ कम्पनीको शेयरमूल्य घटेको छ । त्यस्तै १९ कम्पनीको शेयरमूल्य स्थिर रहेको छ ।
शेयर बजार बढेपनि कारोबार रकममा भने गिरावट आएको छ । आज बजारमा एक अर्ब ८१ करोड २४ लाख रुपैयाँ बराबरको कारोबार भएको छ । मंगलबार नेप्सेमा एक अर्ब ९२ करोड ४४ लाख रुपैयाँ बराबरको कारोबार भएको थियो ।
आज अपर तामाकोशी हाइड्रोपावरको सर्वाधिक कारोबार भएको छ । यस कम्पनीको आज ११ करोड १५ लाख रुपैयाँ बराबरको कारोबार भएको हो ।
सर्वाधिक शेयरमूल्य बढ्ने कम्पनीमा आरवीवी म्युचुअल फण्ड–१ रहको छ । यस कम्पनीको शेयरमूल्य २ प्रतिशत भन्दा बढीले बढेको छ । आज प्रभु स्मार्ट फण्डको शेयरमूल्य १० प्रतिशतले घटेको छ ।
Advertisment