काठमाडौं : अप्पर लोहोरे खोला हाइड्रोपावर लिमिटेडको आईपीओ आजदेखि बिक्रीमा आएको छ । कम्पनीले बिहिबारदेखि सर्वसाधारणका लागि १९ लाख ५३ हजार २७९ कित्ता शेयर निष्काशन गरेको हो ।
कम्पनीले पहिलो चरणमा आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि निष्काशन गरेको आईपीओ बाँडफाँट गरिसकेको छ । कम्पनीले जारी पूँजीको ५० करोड ९८ लाख ४ हजार रुपैयाँको ३९ प्रतिशत अर्थात १९ लाख ८८ हजार २३६ कित्ता साधारण शेयर सर्वसाधारणमा निष्काशनका लागि छुट्याएको थियो ।
यसका साथै कम्पनीले सर्वसाधारणका लागि छुट्याएको शेयरमध्ये २ प्रतिशत अर्थात ३९ हाजर ७६५ कित्ता शेयर कर्मचारीका लागि र ५ प्रतिशत अर्थात ४४ हजार ४१२ कित्ता शेयर सामुहिक लगानी कोष लागि छुट्याएको थियो छ । जसमध्ये वैदेशिक रोजगारीमा गएकाहरुलाई छुट्याएको १ लाख ९८ हजार ८२४ कित्ता शेयर बाँडफाँट गरिसकेको छ ।
कम्पनीले आयोजना प्रभावित क्षेत्रका बासिन्दाहरुका लागि निष्काशन गरेको शेयरमा आवेदन नपरेको सहित कुल १९ लाख ५३ हजार २७९ कित्ता शेयर सर्वसाधारणका लागि निष्काशन गर्न लागेको हो।
उक्त आईपीओमा न्यूनतम १० कित्ताका लागि आवेदन दिनुपर्नेछ भने अधिकतममा २५ हजार कित्ता शेयरका लागि आवेदन दिन सकिने कम्पनीले जनाएको छ । कम्पनीको शेयर छिटोमा साउन २२ गतेसम्म बिक्रीमा रहने छ भने ढिलोमा साउन ३२ गते हुने बिक्रीमा रहने छ ।
कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धकमा एनआईसी एशिया क्यापिटल लिमिटेड रहेको छ । आवेदकहरुले आईपीओ खरिदका लागि नेपाल धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त गरेका सम्पूर्ण सि आस्बा र मेरो शेयरबाट आवेदन दिन सक्नेछन् ।
Advertisment