Below Menu
Below Menu

लिवर्टी इनर्जीले पायो ५० प्रतिशत हकप्रद जारी गर्न आयोगको अनुमति

लिवर्टी इनर्जीले पायो ५० प्रतिशत हकप्रद जारी गर्न आयोगको अनुमति

काठमाडौं : लिवर्टी इनर्जी कम्पनीले ५० प्रतिशत हकप्रद जारी गर्न अनुमति पाएको छ । विद्युत नियमन आयोगको सोमबार बसेको बैंठकले कम्पनीलाई हकप्रद जारी गर्न स्वीकृति दिएको हो ।

आयोगको अनुमति पाएसँगै कम्पनीले हाल कायम रहेको चुक्ता पुँजीको ५० प्रतिशत अर्थात ७५ करोड कित्ता हकप्रद जारी गर्नेछ । हाल कम्पनीको चुक्ता पुँजी एक अर्ब ५० करोड रुपैयाँ रहेको छ ।

हकप्रद जारी गरेसँगै कम्पनीको चुक्ता पुँजी २ अर्ब २५ करोड रुपैयाँ पुग्नेछ । कम्पनी हाल २५ मेगावाट क्षमताको माथिल्लो दोर्दी ए जलविद्युत्त आयोजना निर्माण गरिरहेको छ ।  
 

Advertisment

थप समाचार