काठमाडौं : नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा दुइृ कम्पनीको शेयर सूचीकृत भएको छ । बिहिबार नेप्सेले आइएमई लाइफ इन्स्योरेन्स र नेपाल रिपब्लिक मिडिया सर्वसाधारण र संस्थापकहरुका लागि निष्कासन गरेको शेयर सूचीकृत गरेको हो ।
नेप्सेका अनुसार आइएमई लाइफ इन्स्योरेन्सले सर्वसाधारणलाई निष्काशनमा ल्याएको १ करोड २० लाख कित्ता र कम्पनीका संस्थापकहरुले लगानी गरेको २ करोड ७० लाख कित्ता गरी ४ करोड कित्ता शेयर सूचीकृत भएको छ ।
त्यस्तै, नेपाल रिपब्लिक मिडियाले सर्वसाधारणका लागि बिक्री गरेको ४३ लाख ५३ हजार कित्ता र कम्पनीका संस्थापकहरुले लगानी गरेको ५३ लाख २२ हजार कित्ता गरी ९६ लाख ७५ हजार कित्ता शेयर सूचीकृत भएको नेप्सेले जनाएको छ ।
नेप्सेले पहिलो कारोबारको आईएमई लाईफ कम्पनीको शेयर मूल्य न्युनतम १७६ रुपैयाँ ५३ पैसा देखि ५२९ रुपैयाँ ५९ पैसा ओपनिङ्ग रेन्ज प्रदान गरेको छ भने नेपाल रिपब्लिक मिडिया कम्पनीको शेयरमूल्य न्युनतम ८४ रुपैयाँ ४७ पैसा देखि २५३ रुपैयाँ ४१ पैसा ओपनिङ्ग रेन्ज प्रदान गरेको छ । सोहि आधारमा दुवै कम्पनीको शेयर आइतबारदेखि कारोबारमा आउनेछ ।
Advertisment