काठमाडौं : मनकामना इन्जिनियरिङ हाइड्रोपावर लिमिटेडले प्राथमिक शेयर ( आईपीओ) निष्कासन गर्ने भएको छ । कम्पनीले साउन २८ गतेदेखि सर्वसाधारणका लागि २२ लाख ७६ हजार ६२० कित्ता शेयर बिक्रीमा ल्याउने भएको हो ।
कम्पनीले स्थानीय बासिन्दा र वैदेशिक रोजगारीका गएका नेपालीक लागि जारी गरेको शेयर बाँडफाँट गरिसकेपछि सर्वसाधारणमा आईपीओ जारी गर्न लागेको हो । कम्पनीका अनुसार स्थानीयका बासिन्दाहरुका लागि निष्कासन गरेको शेयरमा पूर्ण आवेलन नपरेका कारण बाँकी रहेको ६ लाख १६ हजार ६२० कित्ता समेत गरी २२ लाख ७६ हजार ६२० कित्ता शेयर जारी गर्न लागिएको हो ।
कम्पनीले जारी पुँजीको ८० करोड रुपैयाँमा १० प्रतिशत अर्थात ८ करोड रुपैयाँ बराबरको ८ लाख कित्ता शेयर प्रतिकित्ता एक सय रुपैयाँ अंकित दरमा स्थानीय बासिन्दाहरुको लागि बिक्री गरेको थियो । त्यस्तै, वैदेशिक रोजगारीमा गएका नेपालीका लागि २ करोड रुपैयाँ बराबरको २ लाख कित्ता शेयर निसकासन गरेको थियो । त्यसैगरी, कम्पनीले सामुहिक लगानी कोषका लागि एक लाख कित्ता र कर्मचारीहरुका लागि ४० हजार कित्ता शेयर छुट्याएको थियो ।
कम्पनीले पहिलो चरणमा आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि निष्काशन गरेको आईपीओ बाँडफाँट गरिसकेको छ । कम्बपनीले जारी पूँजीको ५० करोड ९८ लाख ४ हजार रुपैयाँको ३९ प्रतिशत अर्थात १९ लाख ८८ हजार २३६ कित्ता साधारण शेयर सर्वसाधारणमा निष्काशनका लागि छुट्याएको थियो ।
उक्त आईपीओमा न्यूनतम १० कित्ताका लागि आवेदन दिनुपर्नेछ भने अधिकतममाएक लाख कित्ता शेयरका लागि आवेदन दिन सकिने कम्पनीले जनाएको छ । कम्पनीको शेयर छिटोमा साउन ३१ गतेसम्म बिक्रीमा रहने छ भने ढिलोमा भदौं १० गतेसम्म बिक्रीमा रहने छ ।
कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धकमा बिओके क्यापिटल मार्केट लिमिटेड रहेको छ । आवेदकहरुले आईपीओ खरिदका लागि नेपाल धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त गरेका सम्पूर्ण सि आस्बा र मेरो शेयरबाट आवेदन दिन सक्नेछन् ।
Advertisment