Below Menu
Below Menu

सुन्दरहरैचाका लेखा अधिकृत ढकालविरुद्ध भ्रष्टाचार मुद्दा, २ लाख विगो माग

सुन्दरहरैचाका लेखा अधिकृत ढकालविरुद्ध भ्रष्टाचार मुद्दा, २ लाख विगो माग

काठमाडौं :अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचार आरोपमा लेखा अधिकृत विरुद्ध मुद्दा दायर गरेको छ । आयोगले मोरङको सुन्दरहरैचा नगरपालिकाका लेखा अधिकृत शेखर ढकालविरुद्ध भ्रष्टाचार आरोपमा मुद्दा दायर गरेको हो । 

आयोगका अुसार अधिकृत ढकालले नगरपालिका तथा वडा कार्यालयहरुमा भएको मर्मत सम्भार कार्यको भुक्तानी दिने प्रयोजनको लागि सेवाग्राहीसँग घुस/रिसवत माग गरिरहेको भन्ने सूचना एवं उजुरी परेको थियो । 

सोही निवेदनका आधारमा आयोगको कार्यालय इटहरीबाट खटिएको टोलीले उनलाई सेवाग्राहीबाट २ लाख रुपैयाँ घुस÷रिसवत लिइसकेको अवस्थामा असार २२ नियन्त्रणमा लिएको थियो । 

अधिकृत शेखर ढकालले नगरर कार्यपालिकाको कार्यालय, मोरङ र वडा कार्यालयहरुमा विद्युतीय उपकरण एवं सोलारको जडान तथा मर्मत कार्यको भुक्तानी प्रयोजनको लागि सेवाग्राहीसँग २ लाख रुपैयाँ घुस÷रिसवत माग गरेको पुष्टि भएको आयोगको भनाई छ ।

उनी विरुद्ध सोही बराबरको विगो माग गर्दै सजायको मागदावी गर्दै आयोगले शुक्रबार विशेष अदालत काठमाडौंमा मुदा दायर गरेको आयोका प्रवक्ता भोला दाहालले जानकारी दिए । 

Advertisment

थप समाचार