Below Menu
Below Menu

झण्डै २५ प्रतिशत नाफा बढाएका बैंकका शेयरधनीहरुले कति गरे आम्दानी? (सूचीसहित) 

लगानीकर्ता भन्छन्, ‘रिपोर्ट राम्रो आएर बजार बढ्दैन पैसा चाहिन्छ’

झण्डै २५ प्रतिशत नाफा बढाएका बैंकका शेयरधनीहरुले कति गरे आम्दानी? (सूचीसहित) 

काठमाडौं : हाल सञ्चालनमा रहेका २० वाणिज्य बैंकले गत आर्थिक वर्षको चौथो अर्थात अन्तिम त्रैमाससम्मको अपरिस्कृत वित्तीय विवरण सार्वजनिक गरेका छन् । उक्त वित्तीय विवरण अनुसार यस अवधिमा बैंकहरुले ७० अर्ब १७ करोड ५९ लाख रुपैयाँ बराबरको नाफा कमाएका छन् ।

उक्त नाफा अघिल्लो आवको तुलनामा २४.९२ प्रतिशतले बढी हो । आव २०७८/७९ मा बैंकहरुले ५६ अर्ब १७ करोड २३ लाख रुपैयाँ नाफा कमाएका थिए । यस असार मसान्तसम्म आइपुग्दा अधिकांश बैंकहरुको नाफा बढेको छ । सर्वाधिक नाफा कमाउनेमा नबिल बैंक रहेको छ । चौथो त्रैमाससम्म आइपुग्दा दुई बैंकको नाफा भने घटेको छ ।

वित्तीय विवरण सार्वजनिक गरेसँगै बैंकहरुको नाफा बढ्दा शेयरधनीहरुले कति पाउँछन् भन्ने कुरा सबैको चासोमा पर्छ । यस अवधिमा छ बैंकको प्रतिशेयर आम्दानी घटेको छ भने  १४ बैंकको प्रतिशेयर आम्दानी बढेको छ । तर, अधिकांश बैंकको नाफा र प्रतिशेयर आम्दानी बढे विवरण प्रकाशित भएको दिन नै शेयर बजारमा उच्च अंकको गिरावट आएको छ ।

करपछिको नाफालाई कुल शेयर संख्याले भाग गर्दा आउने प्रतिफललाई नै प्रतिशेयर आम्दानी भनिन्छ । यसले कम्पनीको मुनाफा आर्जनको क्षमता देखाउने हुँदा कम्पनीको आधारभूत पक्षको विश्लेषणको प्रमुख सूचकको रुपमा लिइन्छ । यद्यपि, प्रतिशेयर आम्दानीले दोस्रो बजारको शेयरमा भने प्रभावित गरेको देखिँदैन । 

रिपोर्ट राम्रो आएर बजार बढ्दैन, बजार बढ्न पैसा चाहिन्छ

बैंकको रिपोर्ट राम्रो आएर मात्रै शेयर बजार बढ्न नसक्ने शेयर लगानीकर्ता केशव कोइराला बताउँछन् । उनी भन्छन्, ‘रिपोर्ट राम्रो आएर बजार बढ्ने भनेको एकरदुईदिन मात्र हो । बजार मजबुत भएर लामो समय बढ्नका लागि पैसा चाहिन्छ  । अहिले २२ सय बिन्दु भन्दा माथि बजार जान पैसा छैन । अलिकति बजार माथि जान सक्ने थियो तर प्रमोटरहरुलाई हामीले नै पैसा जिम्मा दिएर पठायौं । इन्स्योरेन्सका प्रमोटहरुले करोडौं कित्ता शेयर बेचे । शिवम्का प्रमोटरले पैसा लगे । यसले गर्दा पनि बजार २२ सय माथि जान सकेन ।’

उनका अनुसार १८ सय बिन्दु भन्दामाथि बजार जान नसकेपछि कम मूल्यमा शेयर किनेकाहरुले नाफा बुक गरे । ‘२२ सय बिन्दुमा शेयर किनेकोले पनि घाटा बुक गरे । बढ्न नसकेपछि बजार घट्ने नै हो’, उनले भने ।

अब बजार तल झर्छ भन्ने आंकलन गरेर नै लगानीकर्ताले शेयर बेचेको उनको भनाई छ । उनी भन्छन्, ‘बैंकको रिपोर्ट राम्रो आउँछ भनेर मान्छेहरु पर्खिरहेका थिए । बीचमा बैंकको शेयर झण्डै ३० प्रतिशतले बढेको थियो । रिपोर्ट राम्रो आएको दिन शेयर बेच्छु भनेर पर्खेकाहरुले शेयर बेचे । यसले गर्दा पनि बजार घट्न गएको हो ।’

औसतमा बैंकको रिपोर्ट राम्रोे आए बैंकको रिपोर्ट धेरै राम्रो भने नआएको उनको भनाई छ ।  ‘बैंकको रिपोर्ट जस्तो आएपनि मान्छे शेयर बेच्न थाले । सबै बेच्ने भएपछि किन्ने कसले? यसले गर्दा पनि बजार झरेको हो’, उनले थपे । 

दुई हजारको आसपासमा आएर बजार एकपटक फेरी बढ्ने उनी बताउँछन् । रिपोर्टले मात्रै बजार बढ्ने अवस्था थिएन । बैंकको रिपोर्ट यत्तिको आँउछ भनेर नै केही समय अगाडी बजार बढेको उनको भनाई छ ।

अर्का शेयर विश्लेषक मुक्ति अर्याल बैंकको रिपोर्ट अनुसार बजार घट्नुपर्ने अवस्था नरहेको बताउँछन् । उनी भन्छन, ‘बैंकहरुको रिपोर्ट त राम्रै आएको थियो । बजार घट्नु पर्ने अवस्था त थिएन । कारोबारको शुरुवातमा केही बैंकहरुको शेयर राम्रोसँग बढीरहेको थियो । बजार घट्नुमा मौद्रिक नीतिमा राष्ट्र बैंकले लिएको नीतिको प्रभाव पनि हुन सक्छ ।’

छ बैंकको प्रतिशेयर आम्दानी घट्यो 

यस अवधिमा प्रभु बैंकको प्रतिशेयर आम्दानी २ रुपैयाँ ९७ पैसा, नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको ४ रुपैयाँ ६७ पैसा, कुमारी बैंकको १० रुपैयाँ ७ पैसा, राष्ट्रिय वाणिज्य बैंकको ८९ पैसा, हिमालयन बैंकको ३ रुपैयाँ १७ पैसा र लक्ष्मी सनराइज बैंकको प्रतिशेयर आम्दानी २ रुपैयाँ ६६ पैसाले घटेको छ ।

वाणिज्य बैकहरुको प्रतिशेयर आम्दानी (रुपैयाँमा) 

Advertisment