Below Menu

सवारी साधनको भाडा बढ्यो, कहाँको कति ? 

सवारी साधनको भाडा बढ्यो, कहाँको कति ? 

काठमाडौं : सवारी साधनको भाडादर बढेको छ । यातायात व्यवस्था विभागले स्वचालित मूल्य प्रणालीका आधारमा बुधबारदेखि लागू हुने गरीे सार्वजनिक सवारीको भाडा वृद्धि गरेको हो ।

Sponsored Advertisement

पेट्रोलियम पदार्थको मूल्य वृद्धि भएसँगै अन्तर प्रदेश सार्वजनिक यातायातको भाडा वृद्धि गरेको विभागले जनाएको छ । विभागका अनुसार यात्रुवाहक सवारी साधनको साबिकको भाडामा ४.७० प्रतिशतले वृद्धि गरिएको छ  । 

त्यस्तै, पहाडी बाटोमा सञ्चालन हुने मालवाहक सवारी साधनको भाडा ६.१५ प्रतिशतले वृद्धि गरिएको छ । यस्तै तराईको बाटोमा सञ्चालन हुने मालवाहक सवारीको भाडा ६.८३ प्रतिशतले वृद्धि गरिएको छ । 


 

थप समाचार