राजस्वका कर्मचारीलाई अर्थमन्त्रीको निर्देशन: अफिसर भएर बस्ने होइन, काम गर्नुहोस्

राजस्वका कर्मचारीलाई अर्थमन्त्रीको निर्देशन: अफिसर भएर बस्ने होइन, काम गर्नुहोस्

काठमाडौं : अर्थमन्त्री डा.प्रकाश शरण महतले राजस्व सङ्कलनमा सुधार गर्न कर्मचारीलाई खटेर काम गर्न निर्देशन दिएका छन्।

आन्तरिक राजस्व विभागले आयोजना गरेको २ दिने व्यवस्थापन गोष्ठीको समापन समारोहमा बोल्दै उनले भने, 'लक्ष्य अनुरूप राजस्व संकलन गर्न असम्भव छैन। अफिसर भएर मात्र बस्ने होइन। फिल्डमा गएर आफै काम गर्नुहोस्।'

यसका साथै उनले राजस्व नै प्रमुख स्रोत भएकाले राजस्व संकलन मा अझै मेहनत गर्न समेत आग्रह गरे। गत वर्ष कोरोना महामारी र बाह्य कारणले गर्दा लक्ष्य अनुरूप राजस्व संकलन नभएपनि अहिले त्यो समस्या नरहेको अर्थमन्त्री महतकाे भनाइ थियाे । 

उनले भने, `आर्थिक वृद्धिद्ररमा सकारात्मक छौ। चालु आर्थिक वर्षमा एकसय प्रतिशत भन्दा बढि राजस्व संकलन गर्नुहोस्। यो सम्भव छ, मलाई विश्वास छ। अहिनै खुट्टा नकमाउनुहोस्।'