काठमाडौं : साताको अन्तिम कारोबार दिन शुक्रबार नेपाली बजारमा सुनको मूल्य स्थिर रहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहिबार प्रतितोला आठ सय रुपैयाँले बढेको सुनको मूल्य स्थिर रहेको छ भने चाँदीको मूल्य तोलामा २० रुपैयाँले बढेको छ ।
महासंघका अनुसार आज बजारमा छापावाल सुनको मूल्य प्रतितोला एक लाख १० हजार ४ सय रुपैयाँ र तेजावी सुनको मूल्य प्रतितोला एक लाख ९ हजार ८५० रुपैयाँमा कारोबार भइरहेको छ ।
त्यस्तै आज चाँदीको मूल्य प्रतितोला एक हजार ३९० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।
Advertisment