Below Menu
Below Menu

बढ्न थाल्यो विदेशी लगानी, एक महिनामै करिब १२ अर्ब प्रस्ताव 

बढ्न थाल्यो विदेशी लगानी, एक महिनामै करिब १२ अर्ब प्रस्ताव 

काठमाडौं : चालु आर्थिक वर्षमा विदेशी लगानीहरुको आकर्षण बढ्दै गएको पाइएको छ । उद्योग विभागका अनुसार चालु आवको पहिलो साउन महिनामा नै करिब १२ अर्ब रुपैयाँ बराबरको लगानी प्रस्ताव आएको छ । 

विभागका अनुसार यस अवधिमा ६० वटा उद्योगका लागि ११ अर्ब ९३ करोड १८ लाख ३० हजार रुपैयाँ लगानी प्रस्ताव आएको हो । उक्त लगानी गत आवको सोही अवधिको तुलनामा १० अर्ब ६८ करोड १८ लाख रुपैयाँले बढी हो । जबकी अघिल्लो आवको सोही अवधिमा विदेशी लगानीका चार उद्योगका लागि एक अर्ब २५ करोड रुपैयाँ लगानी प्रस्ताव आएको थियो ।

यस अवधिमा दर्ता भएका उद्योगमा साना ५४ वटा, मझौता चार वटा र ठूला २ वटा रहेका छन् । जसमा ३ हजार ३०१ जनालाई रोजगारी दिईने जनाईएको छ । 

यस अवधिमा आएको लगानीमा सेवामुलक क्षेत्रमा २६.४३ प्रतिशत,पर्यटन क्षेत्रमा सबैभन्दाबढी ४६ प्रतिशत, निर्माण क्षेत्रमा ४.७ प्रतिशत, कृषि क्षेत्रमा १.२ प्रतिशत, सूचना प्रविधि क्षेत्रमा १.२ प्रतिशत रअ अन्य खनिज र उर्जा लगायतका क्षेत्रमा उक्त लगानी प्रस्ताव आएको विभागले जनाएको छ । 

Advertisment