काठमाडौं : नेपाली बजारमा आइतबार सुनको मूल्य घटेको । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला एक सय रुपैयाँले घटेको हो । सुनको मूल्य घटेपनि चाँदीको मूल्य स्थिर रहेको छ ।
महासंघका अनुसार आज बजारमा छापावाल सुनको मूल्य प्रतितोला एक लाख १० हजार तीन् सय रुपैयाँ र तेजावी सुनको मूल्य प्रतितोला एक लाख ९ हजार ७५० रुपैयाँमा कारोबार भइरहेको छ ।
त्यस्तै आज चाँदीको मूल्य प्रतितोला एक हजार ३९० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।
Advertisment