काठमाडौं : नेपाली बजारमा सोमबार सुनचाँदीको मूल्य स्थिर रहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार प्रतितोला एक सय रुपैयाँले घटेको सुनको मूल्य आज स्थिर रहेको हो । त्यस्तै, चाँदीको मूल्य पनि लगातार तीन दिनदेखि स्थिर रहेको छ ।
महासंघका अनुसार आज बजारमा छापावाल सुनको मूल्य प्रतितोला एक लाख १० हजार तीन सय रुपैयाँ र तेजावी सुनको मूल्य प्रतितोला एक लाख ९ हजार ७५० रुपैयाँमा कारोबार भइरहेको छ ।
त्यस्तै आज चाँदीको मूल्य प्रतितोला एक हजार ३९० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।
Advertisment