Below Menu
Below Menu

साउनमा एक खर्बको आयात हुँदा १३ अर्बको निर्यात 

साउनमा एक खर्बको आयात हुँदा १३ अर्बको निर्यात 

काठमाडौं : चालु आर्थिक वर्षको साउन महिनामा निर्यात साढे १३ अर्ब रुपैयाँ बराबरको वस्तु तथा सेवा निर्यात भएको छ । भन्सार विभागले सार्वजनिक गरेको तथ्यांक अनुसार साउनमा १३ अर्ब ५२ करोड ८६ लाख रुपैयाँ बराबरको निर्यात भएको हो ।

गत वर्षको तुलनामा निर्यात ८.६५ प्रतिशतले घटेको छ । गत आवको सोही अवधिमा १४ अर्ब ८० करोड ९७ लाख रुपैयाँ बराबरको सामान निर्यात भएको थियो । यस अवधिमा आयात १.५६ प्रतिशले घटेको छ । 

गत वर्ष १ खर्ब ३१ अर्ब २८ करोड ६० लाखको सामान आयात गरेको नेपालले चालु आवको यस अवधिमा १ खर्ब २९ अर्ब २३ करोड ८९ लाख रुपैयाँ बराबरको सामान आयात गरेको हो । विभागका अनुसार यस अवधिमा नेपालले १ खर्ब १५ अर्ब ७१ करोड ३ लाख रुपैयाँ बराबरको व्यापार घाटा व्यहोरेको छ । व्यापार घाटा ०.६६ प्रतिशतले घटेको छ । 

साउन महिनामा नेपालले एक खर्ब ४२ अर्ब ७६ करोड ७६ लाख रुपैयाँ बराबरको वैदेशिक व्यापार गरेको छ । जबकी गत आवको सोही अवधिमा एक खर्ब ४६ अर्ब ९ करोड ५७ लाख रुपैयाँ बराबरको वैदेशिक व्यापार गरेको थियो ।   
 

Advertisment

थप समाचार