Below Menu
Below Menu

एक महिनामा साढे १२ अर्बको पेट्रोलियम पदार्थ आयात, सबैभन्दा बढी डिजेल 

एक महिनामा साढे १२ अर्बको पेट्रोलियम पदार्थ आयात, सबैभन्दा बढी डिजेल 

काठमाडौं : एक महिनामा साढे १२ अर्ब रुपैयाँ बराबरको पेट्रोलियम पदार्थ आयात भएको छ । भन्सार विभागका अनुसार चालु आर्थिक वर्षको पहिलो साउन महिनामा १२ अर्ब ७९ करोड ४१ लाख रुपैयाँ बराबरको पेट्रोलियम पदार्थ आयात भएको छ यस अवधिमा सर्वाधिक आयात हुनेमा डिजेल रहेको छ । 

साउन महिनामा सात अर्ब ३४ करोड ७१ लाख २५ हजार बराबरको डिजेल आयात भएको हो । यो आयातमध्येकै बढी हो । त्यस्तै यस अवधिमा पाँच अर्ब ४४ करोड ७० लाख ७६ हजारको पेट्रोल आयात भएको तथ्याङ्कमा उल्लेख छ । मुलुकको वैदेशिक व्यापारमा मूख्यरूपमा प्रभाव पार्ने पेट्रोलियम पदार्थ नै यस अवधिमा समेत प्रमुख आयात हुने वस्तुमा परेको छ । 

निर्यातमा सबैभन्दा बढी अलैँची

नेपालबाट निर्यात भएको वस्तुमध्ये गत एक पहिनामा अलैँची सबैभन्दा धेरै देखिएको छ । विभागका अनुसार नेपालबाट रु ९६ करोड ४६ लाख छ हजारको अलैँची निर्यात भएको छ । त्यस्तै चालु आवको पहिलो महिनामा रु ९५ करोड ६६ लाख ३९ हजार बराबरको उनीको गलैँचा तथा कार्पेट निर्यात भएको विभागको तथ्याङ्क छ ।

Advertisment

थप समाचार