काठमाडौं : राष्ट्रिय सहकारी बैंकले चालु आर्थिक वर्षको पहिलो साउन महिनाको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ । उक्त वित्तीय विवरण अनुसार बैंकमा ३८.०१ प्रतिशत अर्थात २२ अर्ब ८३ करोड ३४ लाख रुपैयाँ तरलता रकम रहेको छ ।
साउन मसान्तसम्म २ अर्ब ७९ करोड ३५ लाख रुपैयाँ शेयर पुँजी रहेको बैंकको जगेडा कोषमा एक अर्ब ४ करोड ९९ लाख रुपैयाँ रहेको छ । त्यस्तै, यस अवधिमा कुल बचत ६० अर्ब ७ लाख ९४ करोड रहेको छ ।
बैंकले साउन मसान्तसम्म ३१ अर्ब ८१ करोड ६६ लाख रुपैयाँ ऋण लगानी गरेको छ भने कुल ऋणी सहकारी सदस्य संख्या २ हजार ४३७ रहेको छ । बैंकको कुल शेयर सदस्य संख्या १६ हजार ५६ रहेका छन् ।
यस अवधिमा बैंकको कुल संस्थागत शेयर पुँजी एक अर्ब १३ करोड ७१ लख रुपैयाँ र कुल सम्पत्ति ६७ अर्ब ९४ करोड १३ लाख रुपैयाँ रहेको छ ।
Advertisment