Below Menu
Below Menu

सम्हालियो शेयर बजार

सम्हालियो शेयर बजार

काठमाडौं : सातोको दोस्रो दिन आज शेयर बजार ५.०९ अंकले बढेको बजार १९९८।४८ बिन्दुमा पुगेको छ। आइतबार २०.५४ अंकले घटेको थियो । गत साता दुई दिनमात्र बजार बढेको थियो ।
आज ११८ कम्पनीको शेयर मूल्य बढेको बजारमा ९८ करोड ८६ लाख रूपैयाँको मात्र कारोबार भएको छ। ९७ कम्पनीको सेयर मूल्य घटेको छ भने १२ कम्पनीको मूल्यमा परिवर्तन भएको छैन।

आज पनि कुथेली बुखरी स्मल हाइड्रोपावरको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ। कम्पनीको सेयर मूल्य प्रतिकित्ता ७७.१० रुपैयाँले बढेर ८४८.३० रुपैयाँ पुगेको छ। यस्तै लक्ष्मी सनराइज बैंक, सिटी होटल र न्यादी हाइड्रोपावरको सेयर मूल्य पनि ४ प्रतिशतभन्दा धेरै बढेको छ। स्वाभिमान लघुवित्त वित्तीय संस्थाको सेयर मूल्य भने सबैभन्दा धेरै घटेको छ। कम्पनीको सेयर मूल्य प्रतिकित्ता ५१.१० रुपैयाँले घटेको हो।

Advertisment

थप समाचार