काठमाडौं : सहकारी विभागले समस्याग्रस्त घोषित सहकारी संस्थाहरुको विवरण सार्वजनिक गरेको छ । बुधबार एक सूचना जारी गर्दै विभागले २०७४ सालदेखि २०८० साउनसम्म समस्याग्रस्त घोषित सहकारी संस्थाहरुको नामावली सार्वजनिक गरेको हो ।
विभागले समस्याग्रस्त घोषित गरेका सहकारीमा १३ वटा रहेका छन् । विभागका अनुसार सबैभन्दा बढी समस्याग्रस्त घोषित सहकारी २०७५ सालमा परेका छन् । सो वर्ष विभागले एकैदिन १० वटा सहकारीलाई समस्याग्रस्त सहकारी संस्थाका रुपमा घोषणा गरेको थियो ।
त्यसयता भने विभागले २०८० साउन १ गते पशुपति सेभिङ एन्ड क्रेडिट को–अपरेटिभलाई समस्याग्रस्त घोषणा गरेको छ ।

Sponsored Advertisment